Trending
Prev Story
Next Story

तीन महिनाको अवधिमा सवारी साधन कारबाहीबाट ११ लाख बढी राजश्व सङ्कलन

Ekantipur •
November 15, 2026 • 03:32 AM
3
3 reads 0 reactions

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा खोटाङमा सवारी नियम उलङ्घन गर्ने सवारी साधन कारबाहीबाट ११ लाख बढी राजश्व संकलन भएको छ ।

तीन महिनाको अवधिमा सवारी साधन कारबाहीबाट ११ लाख बढी राजश्व सङ्कलन

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा खोटाङमा सवारी नियम उलङ्घन गर्ने सवारी साधन कारबाहीबाट ११ लाख बढी राजश्व संकलन भएको छ ।

खोटाङ — चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा खोटाङमा सवारी नियम उलङ्घन गर्ने सवारी साधन कारबाहीबाट ११ लाख बढी राजश्व संकलन भएको छ । साउन, भदौ र असोज महिनामा सवारी नियम उलङ्घन गर्ने एक हजार ४४ सवारी साधन कारबाहीबाट बाट ११ लाख ४५ हजार राजश्व सङ्कलन भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार यो ती महिनमा सवारी नियम उलङ्घन गर्ने ट्रकबाट एक लाख तीन हजार पाँच सय, बसबाट ६४ हजार, जिप/कारबाट ४ लाख ९३ हजार पााच सय, ट्याक्टरबाट ३४ हजार पाँच सय, मोटरसाइकलबाट ४ लाख २१ हजार पाँच सय, टेम्पोबाट २४ हजार पाँच सय र अन्यबाट तीन हजार पाँच सय रूपैयाँ राजश्व सङ्कलन भएको हो ।

यो अवधिमा ट्रक ९३ वटा, बस ५२ वटा, जिप/कार ४ सय ३० वटा, ट्याक्टर ३५ वटा, मोटरसाइकल ४ सय २ वटा, टेम्पो २८ वटा र अन्य ४ वटा सवारी साधन कारबाहीमा परेको बस्नेतले सुनाएका छन् ।

गत आर्थिक वर्ष २०८२/८३ मा दुई हजार एक सय २५ सवारी साधनले सवारी नियम उलङ्घन गर्दा २२ लाख ४८ हजार पाँच सय रूपैयाँ राजश्व सङ्कलन भएको बस्नेतले जनाएका छन् । ‘चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा सवारी नियम उलङ्घन गर्ने एक हजार ४४ वटा सवारी साधनलाई कारबाही गर्दा ११ लाख ४४ हजार राजश्व सङ्कलन भएको छ,’ बस्नेतले भने, ‘गत आर्थिक वर्ष २०८२/८३ मा दुई हजार एक सय २५ सवारी साधनबाट २२ लाख ४८ हजार राजश्व उठेको थियो ।’

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3d ago
घोप्टेभिर एकतर्फी सञ्चालन, सवारी साधनको उच्च चाप

घोप्टेभिर एकतर्फी सञ्चालन, सवारी साधनको उच्च चाप

पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।

#सवारी #साधन
Compare →
Hamro Patro News
11h ago
दुई जुवाखालमा एकै साथ प्रहरी कारबाही, १७ जना पक्राउ

दुई जुवाखालमा एकै साथ प्रहरी कारबाही, १७ जना पक्राउ

दाङको घोराहीमा शनिबार बेलुकी दुई जुवाखालमा एकै साथ प्रहरीले कारबाही चलाउँदा १७ जनालाई पक्राउ गरेको छ। ती जुवाखालबाट ५ लाख रूपैयाँभन्दा बढी नगद बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख ए...

#कारबाही
Compare →
Onlinekhabar
15h ago
ओलीको चेतावनी– पार्टीमै बसेर अन्य दललाई मत दिनेलाई कारबाही हुन्छ

ओलीको चेतावनी– पार्टीमै बसेर अन्य दललाई मत दिनेलाई कारबाही हुन्छ

२८ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारबाही गरिने चेतावनी दिएका छन् । एमालेको बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई …

#कारबाही
Compare →
Arthasansar
1d ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#सवारी
Compare →

Related Stories

Business & Economy
Build #2612