Trending
Prev Story
Next Story

दशगजाले छुट्याए पनि छठले जोडेको नेपाल–भारत साझा संस्कृति

Ekantipur •
November 13, 2026 • 09:02 AM
1
1 reads 0 reactions

महोत्तरीको मटिहानीस्थित बिग्ही नदी किनारमा नेपाल र भारतका चार गाउँका बर्तालुले संयुक्त रूपमा छठ मनाउँदै आएका छन् । सीमाले राष्ट्रियता छुट्याए पनि साझा संस्कृति र परम्पराले दुवै देशका नागरिकलाई एउटै सूत्रमा बाँधेको छ ।

दशगजाले छुट्याए पनि छठले जोडेको नेपाल–भारत साझा संस्कृति

महोत्तरीको मटिहानीस्थित बिग्ही नदी किनारमा नेपाल र भारतका चार गाउँका बर्तालुले संयुक्त रूपमा छठ मनाउँदै आएका छन् । सीमाले राष्ट्रियता छुट्याए पनि साझा संस्कृति र परम्पराले दुवै देशका नागरिकलाई एउटै सूत्रमा बाँधेको छ ।

महोत्तरी — मटिहानी नगरपालिकाको बिग्ही नदी किनारमा झन्डै दुई किलोमिटर लम्बाइको छठ घाट तयार भएको छ । उक्त घाट नेपाल र भारतको संयुक्त छठ घाट हो ।

सांस्कृतिक परम्पराले एक सूत्रमा बाँधिएका दुवै देशका नागरिकले आपसी हेलमेलसाथ पर्व मनाउने परम्पराको यो उदाहरणीय दृष्टान्त भएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए ।

बिग्ही नदी किनारको वारिपारि बनेको यो घाट नेपालतर्फ महोत्तरीको मटिहानी र धनुषाको तुलसीयाही तथा भारतको मधवापुर र रामपुरका बर्तालुको संयुक्त घाट हो । 'सीमाले दुई देश छुट्याए पनि दुवै देशका सांस्कृतिक सम्बन्ध प्रगाढ छन्, छठ नेपाल र भारतका नागरिकले एउटै घाटमा मनाउने संस्कृति हामीले बसालेका छौँ,' नगरप्रमुख मण्डलले भने, 'यो आपसी प्रगाढ सम्बन्धको अनुपम दृष्टान्त हो ।' घाट निर्माणमा हुने खर्चमा पनि दुवै देशका नागरिकको समान भागीदारी हुने गरेको मण्डलले स्पष्ट पारे ।

भारततिरको मधुवनी जिल्लामा पर्ने मधवापुर ग्रामपञ्चायतका सरपञ्च बलराम झा देशको सीमाले राष्ट्रियता छुट्याए पनि हाम्रा समान संस्कृति छन् भन्ने यो घाटले दर्शाएको बताउँछन् । नेपालीमै बोलचाल गर्ने झाले भने, 'दशगजाले हाम्रो राष्ट्रियता छुट्याएको छ, तर हाम्रा भाषा, संस्कृति, परम्परा र चाडबाड साझा छन् ।' मानवीय संवेदना र सांस्कृतिक परम्पराका कुरामा कसैले नेपाली र भारतीय भनेर छुट्याउने अवस्था नरहेको उनको भनाइ छ ।

नेपाल भारत दुवैतर्फका सीमाक्षेत्रका बासिन्दा बिग्ही घाटमा केही वर्षयता सँगसँगै एउटै घाटमा पर्व मनाउँदै आएका छन् ।  यसले दुवै देशका नागरिकबीचको सम्बन्धसँगै आपसी दुःखसुखमा पनि साथ उभिने संस्कृति निर्माण गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)का प्राचार्य हेमनारायण लाल कर्ण बताउँछन् ।

नेपाल भारतको यो संयुक्त छठ घाटमा दुवैतर्फका कलाकर्र्मीले संयुक्त रुपमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेका छन् । छठ पर्व यस ठाउँका लागि आपसी अन्तर्घुलनको एक अपूर्व अवसर बन्ने गरेको दुवैतर्फका सर्वसाधारण बताउँछन् ।

चार दिने महापर्व ‘छठ’ यसपाला आज ‘नहाय खाय’ विधिसँगै सुरु भएको छ । अब शनिबार खरना, आइतबार निराहार व्रतका दिन अस्ताउँदा सूर्यलाई अघ्र्य दिइने सझियाघाट र सोमबार बिहान उदाउँदा सूर्यलाई अर्घ दिइने पारनका विधि सम्पन्न गरिएसँगै यसपालिको छठ समापन गरिने छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
9h ago
दशगजाले छुट्याए पनि छठले जोडेको नेपाल–भारत साझा संस्कृति

दशगजाले छुट्याए पनि छठले जोडेको नेपाल–भारत साझा संस्कृति

दशगजाले छुट्याए पनि छठले जोडेको नेपाल–भारत साझा संस्कृति महोत्तरीको मटिहानीस्थित बिग्ही नदी किनारमा नेपाल र भारतका चार गाउँका बर्तालुले संयुक्त रूपमा छठ मनाउँदै आएका छन् । सीमाले राष्ट्रियता छुट्य...

#भारत #दशगजा #छुट्याए
Compare →
Bizshala
4h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →
Nagarik News
4h ago
भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

यो निर्णय गृह मन्त्रालयको निर्देशनमा भएको हुन सक्ने थरुरले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने स्पष्ट छैन।’

#भारत
Compare →
Onlinekhabar
5h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#भारत
Compare →

Related Stories

World News
Build #2611