काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले मंसिर ९ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको नबिल ग्रोथ फण्ड निष्कासन गर्ने भएको छ । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित योजनाले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।
कुल इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई नबिल बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङका लागि छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिनेछ ।
लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । आवेदन मंसिर १४ गतेसम्म दिन सकिनेछ । उक्त अवधिमा पर्याप्त आवेदन नपरे निष्कासन अवधि मंसिर २३ गतेसम्म लम्बिनेछ ।
इकाई खरिदका लागि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । फण्डको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।