Trending
Prev Story
Next Story

मकवानपुरमा ईभी हाइस दुर्घटना : १० जनाको मृ*त्यु, पाँच घाइते

Nagarik News •
November 12, 2026 • 03:02 AM
1
1 reads 0 reactions

दुर्घटनाको समयमा गाडीमा चालकसहित १४ देखि १५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको थियो।

मकवानपुरमा ईभी हाइस दुर्घटना : १० जनाको मृ*त्यु, पाँच घाइते

मकवानपुरको भिमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रुबाहक ईभी हाइस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

बिहीबार बिहान करिब ५ः४५ बजे भिमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०८८० नम्बरको ईभी हाइस सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो।

प्राप्त पछिल्लो विवरणअनुसार दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, पाँच पुरुष र दुई बालिका छन्। घाइते हुनेमा दुई बालक र तीन पुरुष रहेका छन्।

यसअघि उद्धार गरिएका तीन जना घाइतेलाई बिहान ७ः४० बजे हेटौँडा अस्पताल पुर्‍याइएको थियो। घाइतेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव र पाँच वर्षीय सक्षम कुमार यादवको अवस्था सामान्य छ। तीन वर्षीय सुदन यादवको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको समयमा गाडीमा चालकसहित १४ देखि १५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको थियो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको कमान्डमा सात जनाको टोली उद्धारमा खटिएको थियो।

त्यस्तै, सशस्त्र प्रहरी बलबाट १० जना, नेपाली सेनाबाट ११ जना, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा १० जना र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्‍याङबाट १० जनाको टोली उद्धारमा परिचालित भएको थियो।

दुर्घटनाको कारण र मृतक तथा घाइतेको थप पहिचान खुल्न बाँकी रहेको छ। प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०८३ ०८:४७ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
11h ago
दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

महाकाली नगरपालिका–९ दत्तुस्थित सरकार खेलमैदानमा जीप घुमाउने क्रममा पल्टिँदा घाइते पाँचैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

#दुर्घटना #घाइते
Compare →
Onlinekhabar
13h ago
चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

२७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको …

#घाइते #जनाको #त्यु
Compare →
Hamro Patro News
15h ago
भीमफेदी दुर्घटनामा १४ जनाको *मृ*त्यु, सुन्दरपुर गाउँ शोकमा

भीमफेदी दुर्घटनामा १४ जनाको *मृ*त्यु, सुन्दरपुर गाउँ शोकमा

काठमाडौं- मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीमा बिहीबार भएको विद्युतीय हाइस दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर गाउँलाई शोकमा डुबाएको छ। छठ पर्व मनाउन काठमाडौंबाट घर फर्किएका...

#दुर्घटना #जनाको #त्यु
Compare →
Arthasansar
15h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #त्यु #घाइते
Compare →
Bizshala
13h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

Technology
Build #2611