Trending
Prev Story
Next Story

मकवानपुरमा यात्रुबाहक ईभी सडकबाट ५०० मिटर तल खस्यो

Nagarik News •
November 12, 2026 • 02:35 AM
1
1 reads 0 reactions

बिहीबार बिहान ५ः४५ बजे भिमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा ईभी गाडी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो।

मकवानपुरमा यात्रुबाहक ईभी सडकबाट ५०० मिटर तल खस्यो

मकवानपुरमा यात्रुबाहक ईभी गाडी दुर्घटनामा परेको छ। बिहीबार बिहान ५ः४५ बजे भिमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा ईभी गाडी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो।

प्रहरीका अनुसार काठमाडौंबाट सर्लाहीका लागि जाँदै गरेको यात्रुबाहक ईभीमा चालकसहित १३/१४ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय भिमफेदीबाट ७ जना, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा १० जना, बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्‍याङबाट १० जना, सशस्त्र प्रहरी बलबाट १० जना र नेपाली सेनाको ११ जनाको टोली उद्धारका लागि खटिएको छ।

हाल घटनास्थलमा उद्धार कार्य जारी रहेको र दुर्घटनामा परेकाहरूको अवस्था तथा क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०८३ ०८:२० बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
मकवानपुरमा ईभी गाडी ६०० मिटर तल खस्दा १० जनाको मृत्यु, ६ जना घाइते

मकवानपुरमा ईभी गाडी ६०० मिटर तल खस्दा १० जनाको मृत्यु, ६ जना घाइते

काठमाडौ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित भीमफेदी–कुलेखानी सडकखण्डमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट भीमफेदी...

#ईभी #मकवानपुर #मिटर
Compare →
Onlinekhabar
1d ago
भीमफेदी ईभी दुर्घटना अपडेट : थप तीन जनाको शव भेटियो, मृतकको संख्या १४ पुग्यो

भीमफेदी ईभी दुर्घटना अपडेट : थप तीन जनाको शव भेटियो, मृतकको संख्या १४ पुग्यो

२६ कात्तिक, काठमाडों । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । त्यस्तै, उक्त दुर्घटनामा परेर ६ जना घाइते भएको सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र …

#ईभी
Compare →
Ekantipur
1d ago
१० सिट क्षमताको ईभीमा १५ जना सवार, दुर्घटनाको कारण खुल्न सकेन

१० सिट क्षमताको ईभीमा १५ जना सवार, दुर्घटनाको कारण खुल्न सकेन

मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको ईभी दुर्घटनामा क्षमताभन्दा बढी यात्रु सवार रहेको खुलेको छ ।

#ईभी
Compare →

Related Stories

National (Nepal)
Build #2611