काठमाडौं । विश्वकै मूल्यवान प्रविधि कम्पनीमध्ये एक एनभिडियाले आफ्ना सीईओ जेन्सन हुआंगसँग जोडिएको जासुसी विवादको स्वतन्त्र छानबिन गर्न अमेरिकी प्रतिष्ठित कानुनी फर्म ‘वाचटेल, लिप्टन, रोसेन एन्ड काट्ज’ नियुक्त गरेको छ ।
विवादबीच हुआंगले कार्यालय पुगेर कर्मचारीहरूसँग आफ्नो त्रुटि स्वीकार गर्दै माफी समेत मागेका छन् । कम्पनीले मंगलबार छानबिनको जिम्मेवारी उक्त कानुनी फर्मलाई दिएको घोषणा गरेको हो । पूर्वअमेरिकी महान्याधिवक्ता जुन किमले अनुसन्धानको नेतृत्व गर्ने बताइएको छ । कम्पनीको सञ्चालक समितिले स्वतन्त्र निर्देशकहरूको समितिलाई छानबिनको निगरानी गर्ने जिम्मेवारी दिएको हो । यस मामिलामा अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले पनि अनुसन्धान गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )