Trending
Prev Story
Next Story

बैतडीमा बसभित्र बेहोस भेटिएका यात्रुको मृत्यु

Ekantipur •
November 10, 2026 • 11:01 AM
1
1 reads 0 reactions

भारतबाट तिहार मनाउन घर फर्किरहेका ५३ वर्षीय हरिश भण्डारी महेन्द्रनगरबाट दार्चुला जाँदै गरेको बसमा अचेत अवस्थामा भेटिएका थिए ।

बैतडीमा बसभित्र बेहोस भेटिएका यात्रुको मृत्यु

भारतबाट तिहार मनाउन घर फर्किरहेका ५३ वर्षीय हरिश भण्डारी महेन्द्रनगरबाट दार्चुला जाँदै गरेको बसमा अचेत अवस्थामा भेटिएका थिए ।

बैतडी — तिहारका लागि भारतबाट घर फर्किरहेका बैतडीको पाटन नगरपालिका–६ भीटाका ५३ वर्षीय हरिश भण्डारीको बसभित्रै मृत्यु भएको छ ।

महेन्द्रनगरबाट दार्चुलातर्फ आउँदै गरेको सुपप्र ०२–००१ ख १०३१ नम्बरको बसमा बेहोस अवस्थामा भेटिएका भण्डारीको मृत्यु भएको हो ।

भण्डारी महेन्द्रनगरबाट बस चढेका थिए । सोमबार राति करिब साढे १२ बजे पाटन पुगेका भण्डारी बसभित्रै अचेत अवस्थामा भेटिएका थिए । उनलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिएको थियो ।

पाटनमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल बैतडी रिफर गरिएका भण्डारीलाई मंगलबार बिहान चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

भण्डारीको मृत्यु के-कति कारणले भएको हो भन्ने पोस्टमार्टमपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ । मृतक भण्डारीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ । मृतक भण्डारीको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1d ago
कञ्चनपुरमा एक जना मृत भेटिए

कञ्चनपुरमा एक जना मृत भेटिए

२६ कात्तिक, धनगढी । कञ्चनपुरमा एक जना मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–९ बस्ने ५१ वर्षीय देवसिंह कार्की मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए । उनकाअनुसार बुधबार घरबाट निस्किएका …

#भेटिए
Compare →
Hamro Patro News
1d ago
सिटी सफारीको ठक्करबाट पैदलयात्रुको मृत्यु

सिटी सफारीको ठक्करबाट पैदलयात्रुको मृत्यु

झापा, कात्तिक २६ गते । झापाको मेचीनगरमा सिटी सफारीको ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु भएको छ । हिजो बुधबार साँझ ६:५० बजे मेचीनगर १५चौधरी चोकस्थित धुलाबारी– चन्द्रगढी सडकखण्डमा ज्यामिरगढी चोकबाट चौ...

#यात्रुको #मृत्यु
Compare →

Related Stories

World News
Build #2611