नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सका बीच खेल हुनेछ । शीर्ष चारमा परेर प्ले अफ पुग्नका लागि दुबैका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ ।
सुदूरपश्चिमले अघिल्लो खेल खेलेको टोलीबाट कुनै परिवर्तन गरेको छैन । कर्णाली याक्सविरुद्ध अघिल्लो खेलमा ३९ रनको विजय हात पारेको टोलीलाई नै विश्वास राखेको छ ।
जनकपुर बोल्ट्सले जिम्बावेका रायन बर्ल र आयरल्यान्डका हृयारी ट्रक्टरलाई खेलाएको छ । उनीहरु दुबै प्रतियोगितामा पहिलो खेल खेलिरहेका हुन् । बर्ल र ट्रक्टरले बंगलादेशी जोडी परवेज इमाने र सैफ हसनको स्थान लिने छन् । राष्ट्रिय टोलीमा बोलाइएपछि दुबै बंगलादेश फर्किसकेका छन् ।
सुदूरपश्चिम रोयल्सले टस जितेको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् ।