Trending
Prev Story
Next Story

कृष्णपुरमा महिनावारी गोठ भत्किए, मनको डर भत्किएन

Ekantipur •
November 10, 2026 • 06:31 AM
2
2 reads 0 reactions

कमला आउजीको छाउगोठमा सर्पदंशबाट मृत्यु भएपछि कञ्चनपुरको कृष्णपुर–१ मा अभियान चलाएर ११८ गोठ भत्काइए, तर केही पुनः बनेका छन्।

कृष्णपुरमा महिनावारी गोठ भत्किए, मनको डर भत्किएन

कमला आउजीको छाउगोठमा सर्पदंशबाट मृत्यु भएपछि कञ्चनपुरको कृष्णपुर–१ मा अभियान चलाएर ११८ गोठ भत्काइए, तर केही पुनः बनेका छन्।

कञ्चनपुर — कृष्णपुर नगरपालिका–१, निगालीकी मञ्जु आउजीले गत वर्ष महिनावारी भएका बेला बस्ने गोठ (छाउगोठ) भत्काइन् । अहिले उनी महिनावारी भएका बेला पनि घरभित्रै बस्ने गरेकी छन् ।

२०८२ असार अन्तिम साता मञ्जुकी बहिनी कमला आउजीको महिनावारी गोठमै सुतेका बेला सर्पदंशबाट मृत्यु भएको थियो । त्यसपछि उनको गाउँमा घरैपिच्छे रहेका महिनावारीका बेला बस्न बनाइएका गोठ भत्काउन थालियो । त्यतिबेला स्थानीय तहका जनप्रतिनिधिदेखि प्रहरी र स्थानीय बासिन्दासमेत गोठ भत्काउने अभियानमा जुटेका थिए । ‘गोठ त भत्कायौं, तर अहिले पनि मनमा कताकता अप्ठेरो भने लागिरहन्छ,’ मञ्जुले भनिन्, ‘अहिले गाउँमा धेरैले छाउगोठ भत्काइसकेका छन्, अधिकांश घरभित्रै बस्न थालेका छन् ।’

कमलालाई महिनावारी भएका बेला पनि घरभित्रै सुत्न मञ्जुले भनेकी थिइन् । तर, साँझ पानी परिरहेकाले उनी छिमेकीको गोठमा गएको आफूले थाहै नपाएको मञ्जुले बताइन् । बिहान सर्पले डसेपछि मात्रै आफूले थाहा पाएको उनले सुनाइन् ।

कमलाको घरमा अहिले ताला लागेको छ । उनको परिवार रोजगारीका लागि भारत गएको छ । कमलाका श्रीमान् पुरन तीन भाइ छोरा लिएर भारत गएका हुन् । कमलाको मृत्युपछि माइलो छोरा पनि मिर्गौलाको बिरामी परेका छन् । उनको भारतमै उपचार भइरहेको मञ्जुले बताइन् ।

‘अहिले गाउँमा कहिँकतै मात्रै छाउगोठ छन्, धेरैले भत्काइसकेका छन्,’ निगालीकी अर्की स्थानीय रत्ना सुनारले भनिन्, ‘पहिले घरैपिच्छे छाउगोठ थिए, अहिले धेरैजसो महिनावारी भएका बेला घरभित्रै बस्छन् ।’ उनका अनुसार त्यतिबेला गोठ भत्काउने अभियान चलेपछि धेरैले घरभित्रै बस्न थालेका हुन् ।

कृष्णपुर–१ का वडाध्यक्ष मोहनबहादुर बस्नेतका अनुसार गत वर्ष असारमा निगाली र कुमगडालगायत वडाभरि १ सय १८ गोठ भत्काइएका थिए । तीमध्ये पाँच–सात परिवारले फेरि गोठ बनाएको खबर आएको छ । अनुगमन गरेर ती गोठ पनि भत्काउने योजना रहेको उनले बताए । ‘सर्पको समेत डर हुने गरी बनाएका छाउगोठ भत्काएपछि धेरैले पक्की गोठ पनि बनाएका छन्,’ वडाध्यक्ष बस्नेतले भने । उनका अनुसार घरभित्रै सुत्न थाले पनि मनभित्र भने डर र त्रासको अवस्था कायमै छ ।

जनचेतनाको अभावका कारण कतिपयले महिनावारी भएका बेला बस्ने गोठ भत्काएपछि पनि फेरि बनाउने गरेको उनले बताए । गोठ भत्काएपछि कतिपय महिला घरभित्र बस्नसमेत हिचकिचाउने गरेका छन् । ‘जनचेतनाकै अभाव हो, हामीले यसबारे पनि काम गरिरहेका छौं,’ वडाध्यक्ष बस्नेतले भने, ‘अहिले पाँच–सात घरमा गोठ पुनः बनाइएको भन्ने आएको छ, त्यो हेरेर भत्काइनेछ ।’

मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ को उपदफा ३ ले महिनावारी वा सुत्केरी भएको अवस्थामा महिलालाई छुट्टै गोठमा राख्न वा कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न निषेध गरेको छ । उक्त कसुर गर्ने वा गराउनेलाई तीन महिना कैद वा तीन हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

‘स्थानीय तहहरूले यही व्यवस्थालाई टेकेर कानुनी कारबाही गराउनेतर्फ पनि जानुपर्छ । यसबाहेक राष्ट्रिय सभाले संकल्प प्रस्तावका रूपमा पारित गरेको मर्यादित महिनावारीलाई पालिकास्तरीय मर्यादित महिनावारीसम्बन्धी कार्यविधि बनाएर पनि काम गर्नुपर्छ,’ मर्यादित महिनावारी अभियन्ता राधा पौडेलले भनिन्, ‘स्थानीय तहहरूले कृषि, शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा एकीकृत रूपमा मर्यादित महिनावारी अभियानलाई अगाडि बढाउनुपर्छ ।’

पालिकाहरूले अतिरिक्त पाठ्यक्रम बनाएर कक्षा १ देखि नै मर्यादित महिनावारीसम्बन्धी पढाइ सुरु गर्नुपर्ने उनले बताइन् । यसले विद्यालयस्तरमै महिनावारीबारे जानकारी दिन सक्ने उनको भनाइ छ । ‘मनको डर भगाउन महिनावारीको रगत शुद्ध, सफा र पवित्र हुन्छ भन्ने जनचेतना दिनुपर्छ,’ पौडेलले भनिन्, ‘राजनीतिक दलहरूले पनि यसलाई एजेन्डाका रूपमा अगाडि सार्नुपर्छ ।’

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
11h ago
महायज्ञदेखि महिनावारीमुक्त वडासम्म: जुम्लामा ‘गोठ भत्किए, सोच भत्किएन’

महायज्ञदेखि महिनावारीमुक्त वडासम्म: जुम्लामा ‘गोठ भत्किए, सोच भत्किएन’

गाउँको परिवेशबाट टाढा पुगेपछि अब महिनावारी हुँदा गोठमा बस्नु नपर्ला भन्ने उनलाई लागेको थियो, तर उनको त्यो आशा लामो समय टिकेन।

#गोठ #महिनावारी #भत्किए
Compare →
Hamro Patro News
1w ago
वर्षाले सात घर–गोठमा क्षति, ३२ जना विस्थापित

वर्षाले सात घर–गोठमा क्षति, ३२ जना विस्थापित

अविरल वर्षाका कारण शनिबार काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ खहरेमा सात घर–गोठमा क्षति पुगेपछि पीडित परिवारलाई छुट्टै घरमा व्यवस्थापन गरिएको छ । घरमा खाद्यान्नलगायत सम्पूर्ण सामग्रीमा क्षति पु...

#गोठ
Compare →
Onlinekhabar
3w ago
हिमाली गोठमा पुर्ख्यौली पेसा (तस्वीरहरू)

हिमाली गोठमा पुर्ख्यौली पेसा (तस्वीरहरू)

१ कात्तिक, पाँचथर । भरत बानियाँ ११ वर्षकै कलिलो उमेरमा बुवाको पछि लागेर गोठ हिँडेका थिए । पढ्ने उमेरमै गोठ उकालिएका उनले अहिले चौरीघ्याङ भन्ने ठाउँमा 'डि गोठ' चलाएर बसेका छन । ताप्लेजुङको कालीखोका वानियाँले गोठमा …

#गोठ
Compare →

Related Stories

National (Nepal)
Build #2611