अविरल वर्षाका कारण शनिबार काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ खहरेमा सात घर–गोठमा क्षति पुगेपछि पीडित परिवारलाई छुट्टै घरमा व्यवस्थापन गरिएको छ ।
घरमा खाद्यान्नलगायत सम्पूर्ण सामग्रीमा क्षति पुगेपछि उनीहरूलाई गाउँपालिका कार्यालयले नजिकै एउटा घरमा व्यवस्थापन गरेको हो । शनिबार बिहान खहरे खोलामा आएको लेदोसहितको बाढीले उक्त स्थानका सात घर र तीन जस्तापाताको टहरोमा क्षति पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )