Trending
Prev Story
Next Story

पर्यटकले भरिभराउ लुक्ला, दिनमै २ सय उडान

Ekantipur •
November 10, 2026 • 05:32 AM
1
1 reads 0 reactions

सगरमाथा आधार शिविर (एभरेस्ट बेस क्याम्प), नाम्चे बजार, गोक्यो ताललगायतका हिमाली गन्तव्यमा पुग्ने पर्यटकको आवागमन बढेसँगै लुक्लामा चहलपहल बढेको हो।

पर्यटकले भरिभराउ लुक्ला, दिनमै २ सय उडान

सगरमाथा आधार शिविर (एभरेस्ट बेस क्याम्प), नाम्चे बजार, गोक्यो ताललगायतका हिमाली गन्तव्यमा पुग्ने पर्यटकको आवागमन बढेसँगै लुक्लामा चहलपहल बढेको हो।

सोलुखुम्बु — सगरमाथा क्षेत्रको मुख्य प्रवेशद्वार लुक्ला यतिबेला आन्तरिक तथा विदेशी पर्यटकले भरिभराउ छ। सगरमाथा आधार शिविर (एभरेस्ट बेस क्याम्प), नाम्चे बजार, गोक्यो ताललगायतका हिमाली गन्तव्यमा पुग्ने पर्यटकको आवागमन बढेसँगै लुक्लामा चहलपहल बढेको हो।

सगरमाथा क्षेत्रको पदयात्राका लागि शरद ऋतु (सेप्टेम्बरदेखि नोभेम्बर) र वसन्त ऋतु (मार्चदेखि मे) मुख्य पर्यटकीय सिजन मानिन्छन्। मनसुनपछि मौसम खुल्ने, हिमालको दृश्य स्पष्ट देखिने र पदयात्राका लागि अनुकूल वातावरण बन्ने भएकाले शरद ऋतुमा विदेशी पर्यटकको आगमन बढी हुन्छ।

वसन्त ऋतुमा भने पदयात्रासँगै सगरमाथा आरोहणका लागि आउने आरोही र सहयोगी टोलीको चहलपहल पनि बढ्छ। लुक्लाबाट पर्यटकहरू नाम्चे बजार हुँदै एभरेस्ट बेस क्याम्प, कालापत्थर र गोक्यो ताललगायतका गन्तव्यतर्फ जाने गर्छन्। पदयात्राका लागि समय कम भएका तथा दुर्गम हिमाली क्षेत्रको दृश्यावलोकन गर्न चाहने पर्यटकले हेलिकोप्टरसमेत प्रयोग गर्ने गरेका छन्।

लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलका वरिष्ठ एटीसी अधिकृत अमनचन्द्र झाका अनुसार अहिले दैनिक करिब २ सय उडान हुने गरेका छन्। पर्यटकीय सिजनको उच्च चाप (पिक सिजन) मा भने दैनिक ४ सयसम्म उडान हुने गरेको उनले जानकारी दिए।

कैलाश हेलिकोप्टर सर्भिसका सोलुखुम्बु प्रमुख पासाङ सोनाम शेर्पाका अनुसार अहिले लुक्ला क्षेत्रमा २३ वटा हेलिकोप्टर सञ्चालनमा छन्। पर्यटकीय चाप बढेसँगै हेलिकोप्टरमार्फत पर्यटक ओसारपसार गर्ने क्रम पनि बढेको उनले बताए। हिमाली पर्यटनको आकर्षणले लुक्ला, नाम्चे र आसपासका बस्तीमा होटल, लज तथा पर्यटन व्यवसायसमेत चलायमान बनेका छन्।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5d ago
अन्नपूर्ण आधार शिविरमा बढ्याे पर्यटकको चहलपहल

अन्नपूर्ण आधार शिविरमा बढ्याे पर्यटकको चहलपहल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ।

#पर्यटक #आधार #शिविर
Compare →
Onlinekhabar
5d ago
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

२२ कात्तिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । अनुकूल मौसम भएपछि दशैं, तिहारको बिदा मनाउनका लागि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको …

#पर्यटक #आधार #शिविर
Compare →
Hamro Patro News
5d ago
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो

अनुकूल मौसम र दसैँ–तिहारको बिदाका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम...

#पर्यटक #आधार #शिविर
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटक
Compare →

Related Stories

World News
Build #2611