Trending
Prev Story
Next Story

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

Onlinekhabar •
November 08, 2026 • 01:30 AM
1
1 reads 0 reactions

२२ कात्तिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । अनुकूल मौसम भएपछि दशैं, तिहारको बिदा मनाउनका लागि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको …

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

२२ कात्तिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । अनुकूल मौसम भएपछि दशैं, तिहारको बिदा मनाउनका लागि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्गमा चहलपहल बढेको हो ।

मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले दशैंपछि दैनिक २०० जनाको हाराहारीमा नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आधार शिविरको भ्रमणमा गइरहेका जानकारी दिए ।

‘गत असोजको मनसुनजन्य विपद्बाट क्षति नपुगेको र सुरक्षित भएकाले बिदा मनाउनका लागि युवायुवती र रोजगारी भएकाहरूले अन्नपूर्ण आधार शिविरलाई रोजेका छन्,’ उनले भने, ‘पदमार्गका रेष्टुरेन्ट र क्याम्प भरिभराउ छन् ।’

समुद्री सतहदेखि चार हजार ५० मिटरको उचाइमा अवस्थित आधार शिविर पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । बेनी, भुरुङ-तातोपानी र नारच्याङका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् ।

अन्नपूर्ण आधार शिविरको पारिवारिक भ्रमण सकेर बेनी फर्किनुभएकी म्याग्दी बहुमुखी क्याप्पसका प्राध्यापक मनिता रायमाझीले दुईदेखि तीन दिनमा गर्न सकिने अन्नपूर्ण आधार शिविरको यात्रा छोटो, साहासिक र रमणीय भएको प्रतिक्रिया दिए ।

पर्यटकको सहजताका लागि पदमार्गको हुमखोलादेखि आधार शिविरसम्मको विभिन्न स्थानमा अस्थायी संरचना निर्माण गरी चिया तथा खाजा पसल र खाना र बस्ने सुविधासहितका होटल सञ्चालनमा ल्याइएको छ । सन्धीखर्क, भुसकेट मेला, पञ्चकुण्ड ताल परिसरमा आश्रयस्थल निर्माण गरिएको छ ।

हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट र पञ्चकुुण्डमा खानेपानी, शौचालयलगायत पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । सङ्घीय, प्रदेश र गाउँपालिकाको बजेटबाट पदमार्ग तथा झोलुङ्गे पुलहरुको मर्मतसम्भार गरिएको छ ।

आधार शिविरमा पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक राखिएको छ भने खुल्ला सङ्ग्रहालय स्थापना गरिएको छ । गत हप्ता पदमार्गको प्रवेशद्वार बाँसबोटमा पर्यटक सूचना केन्द्र स्थापना भएको छ । पहिलो आरोही मौरिस हर्जोगका नामबाट पदमार्गको नामकरण गरिएको अन्नपूर्ण गाउँपालिका-४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताए ।

नेपालमा ‘जेठो हिमाल’ भनेर चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’अन्तर्गत नारच्याङको दोभान-छोटेपा हुँदै हुमखोलासम्म २० किलोमिटर सवारीसाधनमा पुगेर त्यहाँबाट करिब २१ किलोमिटर पैदलमार्ग हुँदै दुई दिनको पदयात्रापछि अन्नपूर्ण आधार शिविरसम्म पुग्न सकिन्छ ।

पदमार्गमा रहेको फुतफुते झरना, आधार शिविर क्षेत्रमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले पर्यटकको यात्रालाई थप रोमाञ्चक बनाउँछ ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5d ago
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो

अनुकूल मौसम र दसैँ–तिहारको बिदाका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम...

#अन्नपूर्ण #आधार #शिविर
Compare →
Nagarik News
5d ago
अन्नपूर्ण आधार शिविरमा बढ्याे पर्यटकको चहलपहल

अन्नपूर्ण आधार शिविरमा बढ्याे पर्यटकको चहलपहल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ।

#अन्नपूर्ण #आधार #शिविर
Compare →
Ekantipur
3d ago
पर्यटकले भरिभराउ लुक्ला, दिनमै २ सय उडान

पर्यटकले भरिभराउ लुक्ला, दिनमै २ सय उडान

सगरमाथा आधार शिविर (एभरेस्ट बेस क्याम्प), नाम्चे बजार, गोक्यो ताललगायतका हिमाली गन्तव्यमा पुग्ने पर्यटकको आवागमन बढेसँगै लुक्लामा चहलपहल बढेको हो।

#आधार #शिविर #पर्यटक
Compare →
Bizshala
5d ago
कर्जा सार्ने उद्यमीलाई मुक्तिनाथको अफर, आधार दरमा थप प्रिमियम शून्य

कर्जा सार्ने उद्यमीलाई मुक्तिनाथको अफर, आधार दरमा थप प्रिमियम शून्य

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले साना तथा मझौला उद्यमीलाई लक्षित गरी आधार दरमै व्यवसाय कर्जा सार्न मिल्ने योजना...

#आधार
Compare →
Arthasansar
2d ago
रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

आज भाइटीका पर्वका अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको चहलपहल बढेको छ। दिदीबहिनी नभएका दाजुभाइ...

#चहलपहल
Compare →

Related Stories

Science & Climate
Build #2611