Trending
Prev Story
Next Story

संखुवासभामा नेपाल सम्वत् ११४७ को स्वागत

Ekantipur •
November 10, 2026 • 05:32 AM
1
1 reads 0 reactions

बाजागाजा, मौलिक भेषभूषा र सांस्कृतिक प्रस्तुतिसहितको र्‍यालीले नयाँ वर्षको स्वागतसँगै पुर्ख्यौली परम्परा संरक्षणको सन्देश दिएको छ।

संखुवासभामा नेपाल सम्वत् ११४७ को स्वागत

बाजागाजा, मौलिक भेषभूषा र सांस्कृतिक प्रस्तुतिसहितको र्‍यालीले नयाँ वर्षको स्वागतसँगै पुर्ख्यौली परम्परा संरक्षणको सन्देश दिएको छ।

संखुवासभा — नेपाल सम्वत् ११४७ को स्वागतमा संखुवासभाको सदरमुकाम खाँदबारीमा नेवा देय दबुको आयोजनामा बाजागाजासहित मंगलबार भिन्तुना र्‍याली निकालिएको छ।

नेवार समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान झल्काउने विभिन्न बाजागाजासहित निकालिएको र्‍यालीले खाँदबारी बजारका विभिन्न स्थानको परिक्रमा गरेको थियो। र्‍यालीमा सहभागीहरूले नेपाल सम्वत् नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए ।

भिन्तुना र्‍याली नयाँ वर्षको स्वागतमा सीमित नभई पुर्खादेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृति, भेषभूषा, कला, बाजागाजा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा समेत स्थापित हुँदै आएको खाँदबारी नेवा देय दबुका अध्यक्ष पुष्पबहादुर श्रेष्ठले बताए ।

र्‍यालीपछि आयोजित सभामा सहभागी वक्ताहरूले यस्ता सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्पराप्रति परिचित गराउनुका साथै समुदायबीच आपसी सद्भाव, आत्मीयता र एकतालाई थप बलियो बनाउने बताए।

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले  आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति र परम्परा ओझेलमा पर्न सक्ने भएकाले यसको संरक्षण र पुस्तान्तरणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
नेपाल सम्वत् ११४७ को स्वागतमा धनकुटामा सांस्कृतिक ऱ्याली

नेपाल सम्वत् ११४७ को स्वागतमा धनकुटामा सांस्कृतिक ऱ्याली

नेपाल सम्वत् ११४७ को स्वागतमा धनकुटामा सांस्कृतिक ऱ्याली नेपाल सम्वत् ११४७ को अवसरमा निकालिएको र्‍यालीले नेवारी कला, संस्कृति, परम्परा र मौलिक पहिचान नयाँ पुस्तासम्म पुर्‍याउने सन्देश दिएको छ। का...

#सम्वत् #स्वागत #११४७
Compare →
Onlinekhabar
6d ago
नेपाल संवतको स्वागतमा कांग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी

नेपाल संवतको स्वागतमा कांग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत ११४७ को अवसरमा आज सुकुण्दा र्‍याली आयोजना गरेको छ । र्‍यालीमा नेपाली सभापति गगनकुमार थापा सहभागी भएका छन् । नेपाल संवतको नयाँ वर्षको स्वागत तथा मौलिक …

#याली #स्वागत
Compare →
Nagarik News
3d ago
नेपाल संवत् ११४७ ले एकता, सद्भाव र समृद्धि बढाओस् : सभापति थापा

नेपाल संवत् ११४७ ले एकता, सद्भाव र समृद्धि बढाओस् : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता, सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

#मौलिक #११४७
Compare →

Related Stories

National (Nepal)
Build #2611