Trending
Prev Story
Next Story

हेटौंडामा प्रहरी हवल्दार मृत अवस्थामा भेटिए

Ekantipur •
November 10, 2026 • 05:32 AM
1
1 reads 0 reactions

हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी हवल्दार मृत फेला परेका छन्। मंगलबार बिहान करिब साढ ४ बजे ओमनगर गेट नजिकै प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ झुन्डिएको अवस्थामा फेला परेका हुन्।

हेटौंडामा प्रहरी हवल्दार मृत अवस्थामा भेटिए

हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी हवल्दार मृत फेला परेका छन्। मंगलबार बिहान करिब साढ ४ बजे ओमनगर गेट नजिकै प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ झुन्डिएको अवस्थामा फेला परेका हुन्।

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी हवल्दार मृत फेला परेका छन्। मंगलबार बिहान करिब साढ ४ बजे ओमनगर गेट नजिकै प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ झुन्डिएको अवस्थामा फेला परेका हुन्।

मर्निङ वाकमा निस्किएका एक व्यक्तिले उनलाई झुन्डिएको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए । त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

गोरखाको आरुघाट गाउ“पालिका–३ पोखरीटोल स्थायी घर भएका ३६ वर्षीय गुरुङ हाल लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।

हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा दाईलाई टिका लगाउन आएकी पत्निलाई भेटन उनी सोमवार लमजुङवाट आएका थिए  ।प्रहरी उपरिक्षक खत्रीका अनुसार घटनास्थलमा सुसाइड नोटसमेत फेला परेको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी जनाएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
14h ago
छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

२७ कात्तिक, काठमाडौं । सुनसरी, मोरङ, सिन्धुली र तनहुँका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सुनसरीको इनरूवा नगरपालिका-८ खोरिया टोलस्थित बाटोको नालामा पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष बिहीबार मृत …

#फेला #परे #मृत
Compare →
Hamro Patro News
15h ago
भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या हेटौंडा अस्पतालमा एकपटकमा चारवटा शव राख्न सक्ने क्षमता छ ।दुर्घटनामा मृत्यु भएका १४ जनाको शव एकैपटक अस्पतालमा रहँदा व्यवस्थापनमा कठिनाइ ...

#हेटौंडा
Compare →
Nagarik News
1d ago
हेटौंडामा ६० हजार भक्तजनलाई लक्षित गर्दै छठको तयारी

हेटौंडामा ६० हजार भक्तजनलाई लक्षित गर्दै छठको तयारी

तिहार सकिएलगत्तै मकवानपुरको हेटौंडामा छठ पर्वको तयारी तीव्र पारिएको छ। हेटौंडास्थित राप्ती नदी किनारको दायाँतर्फ करिब ६० हजार भक्तजन सहभागी हुनसक्ने गरी पूजास्थल तथा आवश्यक संरचना निर्माण भइरहेको छ।

#हेटौंडा
Compare →

Related Stories

National (Nepal)
Build #2611