Trending
Prev Story
Next Story

नेपाल संवतको स्वागतमा कांग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी

Onlinekhabar •
November 07, 2026 • 12:00 PM
1
1 reads 0 reactions

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत ११४७ को अवसरमा आज सुकुण्दा र्‍याली आयोजना गरेको छ । र्‍यालीमा नेपाली सभापति गगनकुमार थापा सहभागी भएका छन् । नेपाल संवतको नयाँ वर्षको स्वागत तथा मौलिक …

नेपाल संवतको स्वागतमा कांग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत ११४७ को अवसरमा आज सुकुण्दा र्‍याली आयोजना गरेको छ ।

र्‍यालीमा नेपाली सभापति गगनकुमार थापा सहभागी भएका छन् ।

नेपाल संवतको नयाँ वर्षको स्वागत तथा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको हो । र्‍यालीमा सहभागीहरूले सुकुण्डा बोकेर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गरेका थिए ।

नेपाल संवत नेपाली मौलिक पहिचान, इतिहास र सांस्कृतिक गौरवसँग जोडिएको संवत हो । विशेषगरी नेवार समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने नेपाल संवत्ले राष्ट्रिय एकता, सांस्कृतिक विविधता र परम्परागत सम्पदाको महत्त्वलाई समेत उजागर गर्दै आएको छ ।

कांग्रेस महानगर समितिले आयोजना गरेको र्‍यालीमा पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो ।

र्‍यालीले नेपाल संवत्को ऐतिहासिक महत्वलाई नयाँ पुस्तासम्म पुर्‍याउन तथा मौलिक संस्कृतिको संरक्षणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
3d ago
नेपाल सम्वत् ११४७ को स्वागतमा धनकुटामा सांस्कृतिक ऱ्याली

नेपाल सम्वत् ११४७ को स्वागतमा धनकुटामा सांस्कृतिक ऱ्याली

नेपाल सम्वत् ११४७ को अवसरमा निकालिएको र्‍यालीले नेवारी कला, संस्कृति, परम्परा र मौलिक पहिचान नयाँ पुस्तासम्म पुर्‍याउने सन्देश दिएको छ।

#याली #स्वागत
Compare →
Nagarik News
7h ago
देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

सो समूहले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने जानकारी दिएको हो।

#कांग्रेस #सहभागी
Compare →
Hamro Patro News
3d ago
किन मधेश झर्दै छन् गगन थापा ?

किन मधेश झर्दै छन् गगन थापा ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा तिहार मनाएर तराईमधेश जाने भएका छन् । काठमाडौं नेपाल संवत् र तिहाएर मनाएर सभापति थापा छठ पर्व मनाउन सर्लाही४ मा जान लागेका उनको सचिवालयले जनाएको छ ।

#कांग्रेस #थापा
Compare →

Related Stories

Politics & Governance
Build #2611