Trending
Prev Story
Next Story

कोप–३१ मा सहभागी हुन अर्थमन्त्री स्वर्णिम वाग्ले टर्कीए प्रस्थान

Ekantipur •
November 09, 2026 • 12:32 PM
1
1 reads 0 reactions

आन्ताल्यामा हुने जलवायु सम्मेलनका आधा दर्जन उच्चस्तरीय सत्रमा उनले नेपालको जलवायु र दिगो आर्थिक विकासका मुद्दा उठाउने कार्यतालिका रहेको छ ।

कोप–३१ मा सहभागी हुन अर्थमन्त्री स्वर्णिम वाग्ले टर्कीए प्रस्थान

आन्ताल्यामा हुने जलवायु सम्मेलनका आधा दर्जन उच्चस्तरीय सत्रमा उनले नेपालको जलवायु र दिगो आर्थिक विकासका मुद्दा उठाउने कार्यतालिका रहेको छ ।

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीए प्रस्थान गरेका छन् ।

सोमबार टर्किस एयरलाइन्सको उडानबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीएको कोप शिखर सम्मेलन हुने सहर आन्ताल्याका लागि प्रस्थान गरेका हुन् ।

शिखर सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको मुद्दालाई विभिन्न उच्चस्तरीय आधा दर्जन सत्रहरूमा नेपालको तर्फबाट पैरवी र प्रतिनिधित्व गर्ने कार्यतालिका रहेको छ।

टर्कीएको आन्ताल्यामा सोमबारदेखि ४ मंसिरसम्म आयोजना हुने उक्त सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल सम्मेलनस्थल पुगिसकेका छन् । अर्थमन्त्री वाग्ले कात्तिक २९ गते आइतबार नेपाल फर्कनेछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
6h ago
पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

सम्मेलनको मूल कार्यक्रम र साइडलाइन छलफलमा नेपालका पाँच मन्त्री सहभागी भएपछि उनीहरूको उपस्थितिसँगै त्यहाँ उठाइएका विषय र सहभागिताको औचित्यबारे पनि चर्चा सुरु भएको छ।

#जलवायु #सम्मेलन #कोप
Compare →
Onlinekhabar
8h ago
जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन

जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन

२७ कात्तिक, काठमाडौं । टर्कीएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । टर्कीएको अन्ताल्यास्थित सम्मेलन केन्द्र परिसरमा विश्वभरिबाट आएका नागरिक समाजका प्रतिनिधि तथा प्रदर्शनकारीहरूले जलवायु सङ्कटको …

#जलवायु #सम्मेलन #कोप
Compare →
Bizshala
11h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #सम्मेलन #कोप
Compare →
Hamro Patro News
7h ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलन (वर्ल्ड पुलिस समिट) मा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा ...

#सम्मेलन #प्रस्थान #सहभागी
Compare →

Related Stories

Politics & Governance
Build #2611