Trending
Prev Story
Next Story

तिहार सुरक्षामा कोशी प्रदेशभर ८ हजारभन्दा बढी सुरक्षाकर्मीपरिचालन

Ekantipur •
November 09, 2026 • 12:32 PM
1
1 reads 0 reactions

देउसीभैलो, जुवातास, चोरी र पटका प्रयोगलाई सुरक्षा चुनौतीका रूपमा लिँदै प्रहरीले मोबाइल गस्ती र विशेष निगरानी बढाएको छ ।

तिहार सुरक्षामा कोशी प्रदेशभर ८ हजारभन्दा बढी सुरक्षाकर्मीपरिचालन

देउसीभैलो, जुवातास, चोरी र पटका प्रयोगलाई सुरक्षा चुनौतीका रूपमा लिँदै प्रहरीले मोबाइल गस्ती र विशेष निगरानी बढाएको छ ।

सुनसरी — तिहार पर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन कोसी प्रदेशभर ८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। चाडपर्वका बेला हुन सक्ने सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले नियमित सुरक्षासँगै मोबाइल गस्ती, सादा पोसाकका प्रहरी तथा विशेष निगरानी टोली परिचालन गरेको हो।

तिहारका बेला देउसीभैलो, सांस्कृतिक कार्यक्रम, धार्मिक गतिविधि तथा बजार क्षेत्रमा हुने भीडभाडलाई लक्षित गरी प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। विशेषगरी धार्मिक तथा सांस्कृतिक गतिविधिका क्रममा हुन सक्ने विवाद, चोरी, लुटपाट, तस्करी, जुवातास र प्रतिबन्धित पटका प्रयोगलाई प्रहरीले प्रमुख सुरक्षा चुनौतीका रूपमा लिएको छ।

तिहारमा घर, पसल तथा सार्वजनिक स्थानमा झिलिमिली बत्ती बाल्ने चलन बढ्ने भएकाले आगलागीको जोखिम पनि उत्तिकै रहने प्रहरीको आकलन छ। विद्युत् जडानमा हुने लापरबाही, गुणस्तरहीन विद्युतीय सामग्रीको प्रयोग तथा बत्ती बालेर लामो समयसम्म बेवास्ता गर्दा आगलागीका घटना हुन सक्ने भएकाले यसतर्फ पनि प्रहरीले सचेत गराएको छ।

त्यस्तै, चाडपर्वका बेला जुवातास खेल्ने तथा खेलाउने गतिविधि बढ्न सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीले विशेष टोली नै परिचालन गरेको छ। होटल, रेस्टुरेन्ट, सार्वजनिक स्थल तथा शंकास्पद स्थानमा निगरानी बढाइएको प्रहरीले जनाएको छ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार तिहारमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा जोखिमको मूल्यांकन गरेर प्रहरी परिचालन गरिएको हो। नियमित ड्युटीका अतिरिक्त मोबाइल गस्ती र सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको उनले बताए।

उनका अनुसार जुवातास नियन्त्रणका लागि विशेष प्रहरी टोली परिचालन गरिएको छ। चाडपर्वको नाममा कानुनविपरीतका गतिविधि गर्ने, सार्वजनिक शान्ति खलल पुर्‍याउने तथा सामाजिक सद्भावमा असर पार्ने गतिविधिमाथि प्रहरीले निगरानी बढाएको छ।

प्रहरीले तिहारका बेला धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्दै एकअर्काको पर्व र परम्पराको सम्मान गर्नसमेत आग्रह गरेको छ। देउसीभैलो खेल्दा अरूलाई असर नपर्ने गरी समय र स्थानको ख्याल गर्न, पटका तथा विस्फोटक पदार्थ प्रयोग नगर्न र विद्युत् बत्ती प्रयोग गर्दा सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।

त्यस्तै, जुवातास खेल्ने, प्रतिबन्धित पटका पड्काउने, चोरी तस्करी गर्ने तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न भएको पाइए कानुनअनुसार कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ। चाडपर्वलाई लक्षित सुरक्षा योजनाअन्तर्गत प्रदेशभरका प्रहरी इकाइलाई समेत सतर्क अवस्थामा राखिएको प्रहरीले जनाएको छ। प्रहरीले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सर्वसाधारणलाई शंकास्पद गतिविधि देखिए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।

अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
दसैँ–तिहारमा काठमाडौंको सुरक्षा व्यवस्थापन सफल,एसएसपी घिमिरे नेतृत्वको प्रशंसा

दसैँ–तिहारमा काठमाडौंको सुरक्षा व्यवस्थापन सफल,एसएसपी घिमिरे नेतृत्वको प्रशंसा

काठमाडौं । देशको संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी सम्हालेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले चाडपर्वको सुरक्षा व्यव...

#सुरक्षा #तिहार
Compare →
Nagarik News
1d ago
भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम छैन।

#तिहार #कोशी
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#सुरक्षा
Compare →
Onlinekhabar
1d ago
बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

२६ कात्तिक, झापा । मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल …

#सुरक्षा
Compare →
Arthasansar
13h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →

Related Stories

National (Nepal)
Build #2611