Trending
Prev Story
Next Story

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको किताब ‘प्रोमिस मी, अमेरिका’ नोभेम्बर १७ मा सार्वजनिक हुने

Onlinekhabar •
November 09, 2026 • 11:00 AM
1
1 reads 0 reactions

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो स्वास्थ्य स्थिति र क्यान्सरको उपचारका कारण आगामी साता सार्वजनिक हुन लागेको नयाँ संस्मरणको प्रचार-प्रसार तथा सार्वजनिक कार्यक्रमहरूमा उपस्थिति सीमित हुने बताएका छन्। ८३ वर्षीय पूर्व राष्ट्रपति बाइडेनले आइतबार सामाजिक …

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको किताब ‘प्रोमिस मी, अमेरिका’ नोभेम्बर १७ मा सार्वजनिक हुने

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो स्वास्थ्य स्थिति र क्यान्सरको उपचारका कारण आगामी साता सार्वजनिक हुन लागेको नयाँ संस्मरणको प्रचार-प्रसार तथा सार्वजनिक कार्यक्रमहरूमा उपस्थिति सीमित हुने बताएका छन्। ८३ वर्षीय पूर्व राष्ट्रपति बाइडेनले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका हुन्।

गत वर्ष बाइडेनमा प्रोस्टेट क्यान्सर पुष्टि भएको थियो, जुन पछि उनको हड्डीसम्म फैलिएको थियो। त्यसयता उनले रेडिएसन थेरापीका साथै छालाको क्यान्सरको शल्यक्रिया गराउँदै आएका छन्।

सामाजिक सञ्जाल एक्समा आफ्नो स्वास्थ्यबारे लेख्दै पूर्व राष्ट्रपति बाइडेनले भनेका छन्,’कुनै दिन राम्रो हुन्छ भने कुनै दिन निकै गाह्रो। यसले मलाई पूर्ण रूपमा रोकेको त छैन, तर कहिलेकाहीँ मेरो गतिलाई सुस्त बनाइदिन्छ। यसको अर्थ, दुःखका साथ भन्नुपर्छ, मैले मेरो पुस्तकबारे जति धेरै अन्तरक्रिया र कुराकानीहरू गर्ने आशा राखेको थिएँ, त्यति गर्न सक्नेछैन।’

उनले आफ्ना चिकित्सकहरू भने हालसम्म भइरहेको उपचारको परिणामलाई लिएर उत्साही र आशावादी रहेको समेत उल्लेख गरेका छन्।

बाइडेनले गत वर्ष १ करोड डलरमा आफ्नो संस्मरणको अधिकार बिक्री गरेका थिए। मध्यावधि निर्वाचन लगत्तै नोभेम्बर १७ मा सार्वजनिक हुन लागेको यो पुस्तक क्यान्सर निदान भएलगत्तै बाइडेनले लेख्न सुरु गरेका थिए। उनले समयमै पुस्तक सकाउनका लागि प्रकाशकसँग ‘निकै कडा मिहिनेत’ गरिरहेको बताएका थिए।

पुस्तकमा बाइडेनको राष्ट्रपतीय कार्यकाल, कोरोना महामारीको व्यवस्थापन, अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ता, युक्रेन युद्ध र जनवरी ६ (२०२१) को क्यापिटल हिल आक्रमणपछिका घटनाक्रमहरू समावेश छन्।

बाइडेनका अनुसार ,यस पुस्तक अमेरिका राष्ट्रका रूपमा को हौँ, केका लागि उभिन्छौँ र विश्वमा अमेरिकाको भूमिका के हो भन्ने विषयमा सम्बन्धित छ ।

‘यो सबैभन्दा बढी अमेरिकी जनता र स्व-शासन तथा प्रजातन्त्रको महान् अमेरिकी प्रयोगप्रतिको मेरो विश्वासमा आधारित छ,’उनले भनेका छन् ।

बाइडेनको उमेर र स्वास्थ्यलाई लिएर उनको कार्यकालको अन्तिम वर्षमा ठूलो राजनीतिक बहस भएको थियो।

जुन २०२४ मा डोनाल्ड ट्रम्पसँगको टेलिभिजन बहसमा कमजोर प्रस्तुति र सम्झना क्षमतामा समस्या देखिएपछि बाइडेनले राष्ट्रपतिको पुनः चुनावी दौडबाट आफ्नो नाम फिर्ता लिएका थिए।

उनका छोरा हन्टर बाइडेनले गत जुलाईमा एक पडकास्टमा कुरा गर्दै जुन २०२४ को बहसका क्रममा नै उनका पिता क्यान्सरबाट पीडित भइसकेको तर त्यतिबेला यसबारे थाहा नभएको दाबी गरेका थिए। यद्यपि, स्वतन्त्र मेडिकल विज्ञहरूले भने महिनाौँ पछि मात्रै पत्ता लागेको क्यान्सरले तत्कालीन बहसको प्रस्तुतिमा असर पारेको भन्ने दाबी असम्भवप्रायः रहेको बताएका छन्।

ह्वाइट हाउसबाट बाहिरिएपछि बाइडेनको स्वास्थ्य निरन्तर बिग्रिँदै गएको र उनका छोरा हन्टरका अनुसार क्यान्सरका कारण उनले अत्यधिक शारीरिक पीडा सहनुपरिरहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
पुटिनसँग भेटवार्ता गर्न अमेरिकी प्रतिनिधि रुसमा

पुटिनसँग भेटवार्ता गर्न अमेरिकी प्रतिनिधि रुसमा

काठमाडौं । युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर र उनका सहयोगी स्टिभ विटकफ बिहीबार रुस पुगेका छन् । उनीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटि...

#राष्ट्रपति #अमेरिकी
Compare →
Nagarik News
1d ago
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

टेलिफोन वार्तामा दुई देशबीचको सम्बन्ध र आगामी उच्चस्तरीय भ्रमणका विषयमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

#राष्ट्रपति #अमेरिकी
Compare →
Ekantipur
1d ago
जेन्सेन हुआङ प्रकरण किन चर्चामा छ ? यसले अमेरिकालाई कस्तो हानी गर्नसक्छ ?

जेन्सेन हुआङ प्रकरण किन चर्चामा छ ? यसले अमेरिकालाई कस्तो हानी गर्नसक्छ ?

जेन्सनको विवादस्पद सम्बन्ध बाहिरिएपछि डेमोक्रेट्स सांसद्हरुले उनको कडा विरोध गरेका छन् । अमेरिकी प्रविधिको मेरुदण्ड मानिएको कम्पनी चीन सरकारको प्रभावमा रहेको हुनसक्ने चिन्ता उनीहरुको छ

#अमेरिकी #अमेरिका
Compare →
Bizshala
20h ago
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको भाउ बढेको छ। आज...

#अमेरिकी
Compare →

Related Stories

World News
Build #2612