काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमै अलआउट भयो ।
टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २१७ रन बनाएको थियो । पोखराको विशाल योगफल तयार पार्ने क्रममा युभराज सामराले विस्फोटक शतकीय इनिङ खेले । उनले ४८ बलमा १० चौका र ६ छक्काको मद्दतमा १०२ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् ( kalakarmi.com )