दुर्घटनामा परी आठबीसकोट नगरपालिका-५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्षिराम थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी वेदबहादुर पौडेलले बताएका छन् ।
रुकुम पश्चिम — रुकुम पश्चिमको आठबीससकोट नगरपालिका-५ नयाँडाँडा नजिकै यात्रुवाहक जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । आठबीसकोट–५ थापागाउँदेखि नयाँडाडाँतर्फ जाँदै गरेको भे १ च ३११२ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी आठबीसकोट नगरपालिका-५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्षिराम थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी वेदबहादुर पौडेलले बताएका छन् । घाईते १३ मध्ये ५ जनाको अवस्था गम्भीर छ भने अन्य ८ जनाको अवस्था सामान्य तथा मध्यम रहेको बताइएको छ ।
गम्भीर घाइतेहरूलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लैजाने तयारी भइरहेको छ भने बाँकी घाइतेलाई आठबीसकोट नगर अस्पताल तथा जिल्ला अस्पताल लैजाने तयारी थालिएको छ ।
महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।