पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सोमबार बिहान १ बजेतिर खसेको पहिरो व्यवस्थापन गरी दिउँसो १:३० बजेबाट यातायात सेवा नियमित गरिएको हो ।
चितवन — १२ घण्टापछि घोप्टेभिरको पहिरो सफा गरी दुईतर्फी सवारीसाधन सञ्चालन गरिएको छ ।
पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सोमबार बिहान १ बजेतिर खसेको पहिरो व्यवस्थापन गरी दिउँसो १:३० बजेबाट यातायात सेवा नियमित गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार १:२५ बजेबाट पहिरो व्यवस्थापन गरिएको जानकारी दिए ।
मुग्लिन र धादिङ तर्फबाट ६ वटा लोडर, एक्साभेटर, जेसीबी प्रयोग गरी पहिरो व्यवस्थापन गरिएको हो । उक्त स्थानमा आइतबार पनि सुख्खा पहिरो खसेर दिउँसो केहीबेर सडक अवरुद्ध भएको थियो । गत राति १ बजे पुनः खसेको पहिरो पन्छाएर सडक नियमित गरिएको हो ।
पहिरो खसेको ठाउँ मुग्लिनबाट तीन किलोमिटर काठमाडौँतर्फ पर्दछ । सडक सञ्चालनमा आएसँगै लाइनमा रहेका सवारीहरु गन्तव्यतर्फ लागेका छन् ।