Trending
Prev Story
Next Story

रास्वपा सांसद खत्रीलक्षित बस्नेतको टिप्पणी– एक लाख पनि बजेट ल्याउन नसक्ने

Onlinekhabar •
November 09, 2026 • 09:00 AM
1
1 reads 0 reactions

२३ कात्तिक, काठमाडौं । नेकपा एमालेका सविच महेश बस्नेतले भक्तपुरको विकास बजेट र जनप्रतिनिधिको क्षमतामाथि प्रश्न उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीमाथि टिप्पणी गरेका छन् । सोमबार भक्तपुरमा नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले …

रास्वपा सांसद खत्रीलक्षित बस्नेतको टिप्पणी– एक लाख पनि बजेट ल्याउन नसक्ने

२३ कात्तिक, काठमाडौं । नेकपा एमालेका सविच महेश बस्नेतले भक्तपुरको विकास बजेट र जनप्रतिनिधिको क्षमतामाथि प्रश्न उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीमाथि टिप्पणी गरेका छन् ।

सोमबार भक्तपुरमा नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादशैं, शुभदीपावली, नेपाल संवत ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भक्तपुरवासीको मनोबल र मान घटेको टिप्पणी गरेका हुन् ।

उनले एक लाख रुपैयाँसम्मको बजेट ल्याउन नसक्ने व्यक्ति निर्वाचन जितेर गएको भन्दै भक्तपुरवासीले विगतमा करोडौं रुपैयाँ बजेट माग्ने गरेको तर अहिले १० लाख रुपैयाँ माग्न सक्ने हैसियतसमेत नरहेको आरोप लगाए ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपाका सांसद राजीव खत्रीप्रति लक्षित टिप्पणीमा उनले भनेका छन्, ‘एक लाख रुपैयाँको बजेटसमेत ल्याउन नसक्ने नेतृत्व आज चुनाव जितेर गएको छ । यसले भक्तपुरवासीको आत्मविश्वास, मनोबल र प्रतिष्ठामा चोट पुर्‍याएको छ । हिजो करोडौँ रुपैयाँको बजेट माग्न सक्ने भक्तपुर आज १० लाख रुपैयाँको बजेट माग्नसमेत कठिन अवस्थामा पुगेको छ । यस्तो अवस्था कसरी सिर्जना भयो भन्ने कुराको गम्भीर समीक्षा हुनुपर्छ र जनतासामु तथ्यहरू स्पष्ट पारिनुपर्छ ।’

उनले नेपाली जनताले चाहेको पार्टी नेकपा एमाले भएको दाबी गर्दै विकास र समृद्धिको अभियान अघि बढाउने सामथ्र्य एमालेसँग मात्रै रहेको जिकिर गरे ।

‘भक्तपुरको विकास, समृद्धि र जनताको अपेक्षालाई प्राथमिकतामा राख्नु आजको आवश्यकता हो। यसै सन्दर्भमा नेकपा एमाले र कमरेड केपी शर्मा ओलीको नेतृत्वमा अघि सारिएको विकास र समृद्धिको अभियानबारे जनतामाझ पुनः बहस र चर्चा हुन थालेको छ,’ उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
12h ago
रास्वपालाई वर्षमानका १५ प्रश्न

रास्वपालाई वर्षमानका १५ प्रश्न

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख वर्षमान पुनले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारलाई १५ प्रश्न गर्दै जवाफ दिन चुनौती दिएका छन्। बिहीबार रौतहटको गरुडामा पार...

#नेकपा #रास्वपा
Compare →
Ekantipur
1h ago
रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

बीआरआईमार्फत ऋणका रूपमा विमानस्थललगायतका आयोजनाका लागि दिइएका रकमलाई अनुदानमा कसरी परिवर्तन गर्न सकिन्छ, त्यो विषय राख्नुहोला : वालेन्द्र शाह, प्रधानमन्त्री

#रास्वपा #सांसद
Compare →
Nagarik News
1d ago
रास्वपा सांसद अन्सारी सहभागी चियापान कार्यक्रममा झडप

रास्वपा सांसद अन्सारी सहभागी चियापान कार्यक्रममा झडप

जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुही टोलमा रास्वपाले आयोजना गरेको चियापान कार्यक्रममा पार्टीभित्रकै दुई पक्षबीच विवाद हुँदा झडप भएको हो।

#रास्वपा #सांसद
Compare →
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#बजेट
Compare →

Related Stories

Politics & Governance
Build #2611