Trending
Prev Story
Next Story

९ तहसम्म ट्रान्स्फर भएको पैसा १५ मिनेटमै रोक्का, एन्टिस्क्याम सेन्टरको हटलाइन ‘१२४७’

Onlinekhabar •
November 09, 2026 • 09:00 AM
1
1 reads 0 reactions

२३ कात्तिक, काठमाडौं । विद्युतीय ठगी रोक्न स्थापना भएको एकीकृत एन्टिस्क्याम सेन्टरले काम सुरु गरेको छ । वाणिज्य बैंक, भुक्तानी प्रणाली सञ्चालक तथा सेवा प्रदायक र प्रहरी एकै ठाउँ बसेर अनलाइन माध्यमबाट हुने ठगी नियन्त्रणको काम …

९ तहसम्म ट्रान्स्फर भएको पैसा १५ मिनेटमै रोक्का, एन्टिस्क्याम सेन्टरको हटलाइन ‘१२४७’

२३ कात्तिक, काठमाडौं । विद्युतीय ठगी रोक्न स्थापना भएको एकीकृत एन्टिस्क्याम सेन्टरले काम सुरु गरेको छ ।

वाणिज्य बैंक, भुक्तानी प्रणाली सञ्चालक तथा सेवा प्रदायक र प्रहरी एकै ठाउँ बसेर अनलाइन माध्यमबाट हुने ठगी नियन्त्रणको काम सुरु गरेका हुन् ।

नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा सुरु भएको उक्त सेवाका लागि ३० जनशक्तिले चौबिसै घण्टा काम गरिरहेका छन् । सेन्टरले अनलाइन मार्फत ठगी गरिएको रकम स्क्यामरले विभिन्न बैंकमा ट्रान्स्फर गराएको अवस्थामा रोक्का राख्ने काम गरेको नेपाल राष्ट्र बैंकका निर्देशक सुशील पौडेलले बताए ।

पौडेलका अनुसार स्क्यामरले ९ तहसम्म ट्रान्स्फर गरेको रकम सेन्टरले १५ मिनेटमै रोक्का राख्न सफल भएको छ ।

‘अहिले १५ मिनेटमै ९ वटा लेयरसम्म रोकिसकेका छन्,’ पौडेलले भने, ‘त्यहाँ २० वटा बैंक अनि खल्ती र ईसेवाका प्रतिनिधि बसेका छन्, ९ वटा लेयरसम्म रोक्न सफल भएका छन् ।’

उनका अनुसार सेन्टरको हटलाइन १२४७ मा फोन गरेपछि सबै बैंकहरू त्यहीँ बसेका काराण स्क्यामरले ठगेको रकम ट्रान्स्फर भएका बैंक खातामा रोकेका छन् । स्क्याममा परेकाले १२४७ मा फोन गरेपछि त्यहीँबाट कारबाही सुरु हुन्छ ।

अहिले पैसा रोक्ने काममात्र भएको पौडेलले बताए । रकम फिर्ता गर्ने विषयमा भने राष्ट्र बैंकले चोरेको पैसा फिर्ता गर्न किन अझै सर्कुलर जारी नगरेको होला भन्ने प्रश्न उठेको थियो । तर, फिर्ता गर्न सर्कुलर आवश्यक नपर्ने उनले बताए ।

‘प्रमाण आएपछि फिर्ता गर्ने हो, ठगीको पैसा होइन भनेर आफूलाई निर्दोष साबित गर्न खातावालाले मुद्दा लड्नुपर्‍यो नि!,’ पौडेलले भने, ‘चोरेको होइन भनेर खातावालाले आफ्नो निर्दोषिता प्रमाणित गर्न मुद्दा लड्नुपर्छ, चोरेको पैसा खातामा आइसकेपछि त आफ्नो निर्दोषिता प्रमाणित गर्ने जिम्मा उसकै हो ।’

त्यसअनुसार एन्टिस्क्याम सञ्चालन कार्यविधि बनाउने तयारीमा राष्ट्र बैंकले काम गरिरहेको उनले जानकारी दिए । उक्त कार्यविधिमा स्क्यामबाट पैसा आएको प्रमाणका आधारमा पैसा फिर्ता गर्ने र निर्दोष सावित गर्न खातावाला मुद्दामा जानुपर्ने व्यवस्था गर्नुपर्ने उनले सुझाए ।  ‘९९ जनाको पैसा रोकेर १ जनालाई न्याय दिएर हुँदैन,’ उनले थपे ।

सेन्टरमा हाल फोन रिसिभ गर्ने ६ प्रहरी र २ इन्चार्ज गरी जम्मा ८ जना छन् । बैंकहरूले ८–८ घण्टाको सिफ्टमा ३ कर्मचारी खटाएको उनले बताए । ‘अहिले त कोही बैंकका २ जना त कोही ३ जना नै पनि आएका छन्,’ उनले भने ।

विकास बैंक र फाइनान्स कम्पनीका प्रतिनिधिको त्यहाँ उपस्थिति छैन । हटलाइनमा मात्र उपलब्ध रहेको उनले बताए । हटलाइनको रेसपोन्समा विकास बैंकका केही सुस्त देखिएपछि राष्ट्र बैंकले मौखिक निर्देशन समेत दिएको उनी बताउँछन ।

स्क्यामरले फाइनान्स कम्पनीतिर खुकुलो रहेछ भनेर उतातिर पैसा पठाउलान् भन्ने जोखिम रहेको उनको भनाइ छ । त्यसमा पनि विकास बैंक र फाइनान्स कम्पनीलाई फोकल पर्सन तोकेर चौबिसै घण्टा तुरुन्तै रेस्पोन्स गर्न निर्देशन दिएको उनले बताए ।

विकास बैंक र फाइनान्स कम्पनीका त्यसरी तोकिएका व्यक्ति आवश्यक समयमा सम्पर्कमा आउन नसकेको खण्डमा भौतिक उपस्थिति गराउने भनेर केन्द्रीय बैंकले निर्देशन दिइसकेको उनले जानकारी दिए ।

स्क्यामरले २–३ ठाउँबाट नगद झिकेको पत्ता लागेको समेत उनले बताए । त्योभन्दा बाहेक ठगीमा परेको पैसा बैंकहरूकै प्रणालीभित्र घुमिरहेको उनको भनाइ छ । शुक्रबारदेखि काम सुरु गरेको सेन्टरमा प्रतिघण्टा ३ वटाका दरले उजुरी आएको उनले बताए ।

स्क्याममा परेको पैसा रोकेपछि स्क्यामरको अरू वित्तीय कारोबार पनि प्रभावित हुने भएकाले ठगी कम हुने उनले बताए । एकैचोटि ९ वटा तहसम्म जाँदा धेरै खाता रोकिँदा स्क्यामर नै जाममा पर्ने उनको भनाइ छ ।

उदाहरणका लागि, कुमारी बैंकबाट नबिल बैंकमा आयो, नबिलबाट एभरेस्ट, एभरेस्टबाट इन्भेस्टमेन्ट, अनि इन्भेस्टमेन्टबाट ग्लोबल आईएमई बैंक आयो । त्यसरी ९ वटा फ्लोसम्म रोकेका छन् । नेपालका हकमा एटीएमबाट निकाल्ने बाहेक अन्तर्राष्ट्रिय वित्तीय प्रवाह हुँदैन । नेपाल बाहिर ट्रान्स्फर गर्न नमिल्ने भएकाले अलि सजिलो भएको उनको बुझाइ छ ।

अनलाइन ठगी बढेपछि केन्द्रीय बैंकको पहलमा सबै सरोकारवाला निकायका प्रतिनिधि एकै स्थानमा बसेर स्क्याम नियन्त्रणको काम सुरु भएको हो । प्रहरीको साइबर ब्यूरोले हेर्दै आएको उक्त काम गत शुक्रबारदेखि डेडिकेटेड संरचना विकास गरी सुरु भएको हो ।

सेन्टर ब्युरो अन्तर्गत नै रहने भए पनि साइबर स्क्यामका काम कारबाही सबै सेन्टरले गर्ने छ । डाटा फ्रिज गर्ने र सबै सरोकारवालालाई नजिक राखेर स्क्यामरले ठगेको पैसा वित्तीय प्रणालीबाट झिक्न नदिने काम सुरु गरेको साइबर ब्युरोले जनाएको छ ।

गृह मन्त्रालयले २३ असोजमा ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना तथा कार्य सञ्चालनसम्बन्धी दिग्दर्शन २०८२’ जारी गरी सेन्टरको काम अघि बढाएको हो ।

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
९ तहसम्म ट्रान्स्फर भएको पैसा १५ मिनेटमै रोक्का, एन्टिस्क्याम सेन्टरको हटलाइन ‘१२४७’

९ तहसम्म ट्रान्स्फर भएको पैसा १५ मिनेटमै रोक्का, एन्टिस्क्याम सेन्टरको हटलाइन ‘१२४७’

२३ कात्तिक, काठमाडौं । विद्युतीय ठगी रोक्न स्थापना भएको एकीकृत एन्टिस्क्याम सेन्टरले काम सुरु गरेको छ । वाणिज्य बैंक, भुक्तानी प्रणाली सञ्चालक तथा सेवा प्रदायक र प्रहरी एकै ठाउँ बसेर अनलाइन माध्यम...

#सेन्टर #ठगी #एन्टिस्क्याम
Compare →
Ekantipur
6d ago
युरोपभर डेटा सेन्टरको विरोध गर्दै प्रदर्शन, माइक्रोसफ्टको निर्माणस्थलमा छिरे प्रदर्शनकारी

युरोपभर डेटा सेन्टरको विरोध गर्दै प्रदर्शन, माइक्रोसफ्टको निर्माणस्थलमा छिरे प्रदर्शनकारी

डच प्रहरीले शुक्रबार साँझसम्म प्रदर्शनका क्रममा १५० देखि २०० जनालाई नियन्त्रणमा लिइएको जनाएको छ

#सेन्टर
Compare →
Bizshala
1d ago
डाटा सेन्टरदेखि स्की रिसोर्टसम्म यूएईको लगानी भित्र्याउन ढकालको पहल

डाटा सेन्टरदेखि स्की रिसोर्टसम्म यूएईको लगानी भित्र्याउन ढकालको पहल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका...

#सेन्टर
Compare →

Related Stories

Business & Economy
Build #2611