Trending
Prev Story
Next Story

पटकाबाट जोगिनुहोला गर्भवती, हुन सक्छ दीर्घकालीन असर

Onlinekhabar •
November 09, 2026 • 08:01 AM
1
1 reads 0 reactions 4 comments

प्रतिबन्धित भनिए पनि अहिले पटका यसरी पड्काउने गरिएको छ, मानौँ यहाँ ठूलै युद्ध भइरहेको छ । पटकालाई उत्सवसँग जोडेर पड्काउने कुरा कति ठीक हो ? सांस्कृतिक पाटोबाट यसको बहस फरक होला । तर, यसले गर्भवती …

पटकाबाट जोगिनुहोला गर्भवती, हुन सक्छ दीर्घकालीन असर

प्रतिबन्धित भनिए पनि अहिले पटका यसरी पड्काउने गरिएको छ, मानौँ यहाँ ठूलै युद्ध भइरहेको छ । पटकालाई उत्सवसँग जोडेर पड्काउने कुरा कति ठीक हो ? सांस्कृतिक पाटोबाट यसको बहस फरक होला । तर, यसले गर्भवती महिला र गर्भको शिशुमा भने जोखिम निम्त्याउन सक्छ ।

बम विस्फोट भएजस्तो चर्को आवाज र धुवाँले गर्भवती महिला र शिशुको स्वास्थ्यमा हानि गर्न सक्ने विभिन्न अध्ययनले देखाएका छन् । यसको जोखिम आवाजको तीव्रता, सम्पर्कको अवधि, दूरी र गर्भवती महिलाको स्वास्थ्य अवस्थामाथि निर्भर गर्छ । यसबारे भएका विभिन्न वैज्ञानिक अध्ययनले गर्भावस्थामा चर्को आवाज र वायु प्रदूषणको सम्पर्कबाट जोगिनुपर्ने देखाएका छन् ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) अन्तर्गतको राष्ट्रिय व्यावसायिक सुरक्षा तथा स्वास्थ्य संस्थान (एनआईओएसएच) का अनुसार गर्भावस्थामा अत्यधिक चर्को आवाजको सम्पर्कले जन्मिने शिशुको श्रवण क्षमतामा समस्या निम्त्याउन सक्छ । गर्भस्थ शिशुको कान करिब २०औँ हप्तासम्म विकसित हुन्छ भने २४औँ हप्तादेखि उसले आवाजप्रति प्रतिक्रिया जनाउन थाल्छ । आमाको शरीरबाहिरबाट आएको आवाज गर्भभित्र पुग्दा केही कमजोर भए पनि पूर्ण रूपमा रोकिँदैन ।

सीडीसीले ११५ डेसिबलभन्दा चर्को आवाज भएको ठाउँबाट गर्भवती महिलालाई टाढै रहन सुझाव दिएको छ । कानमा लगाउने सुरक्षा उपकरणले आमाको श्रवण क्षमताको सुरक्षा गरे पनि गर्भभित्र पुग्ने आवाजलाई पूर्ण रूपमा रोक्न सक्दैन ।

सन् २०१४ मा प्रकाशित ध्वनि प्रदूषणसम्बन्धी मेटा–विश्लेषणमा २९ वटा अध्ययन समेटिएका थिए । उक्त विश्लेषणअनुसार गर्भावस्थामा ८० डेसिबल वा सोभन्दा बढी आवाजको सम्पर्कमा रहेका महिलामा गर्भावस्थासँग सम्बन्धित उच्च रक्तचापको जोखिम २७ प्रतिशत र गर्भावस्थाको अवधिअनुसार अपेक्षितभन्दा सानो आकारका शिशु जन्मिने जोखिम १९ प्रतिशत बढी देखिएको थियो ।

अचानक ठूलो आवाज आउँदा गर्भवती महिला झस्किने, तनाव बढ्ने र मुटुको धड्कन बढ्ने अवस्था पनि आउन सक्छ। यद्यपि यी नतिजा नियमित वा लामो समयसम्म चर्को आवाजको सम्पर्कमा रहेका महिलासम्बन्धी अध्ययनमा आधारित छन् ।

पटकाको धुवाँले पनि वायु प्रदूषण बढाउँछ । सन् २०२४ मा इन्भाइरोन्मेन्टल जियोकेमिस्ट्री एन्ड हेल्थ नामक जर्नलमा प्रकाशित अध्ययनले भारतको भुवनेश्वरमा दीपावलीका बेला वायु प्रदूषण उल्लेख्य रूपमा बढेको देखाएको थियो । सन् २०२१ को दीपावलीका दिन पीएम २.५ को मात्रा ११३.८३ र पीएम १० को मात्रा २०४.३२ माइक्रोग्राम प्रतिघनमिटर पुगेको थियो । अध्ययनले यी कणको मात्रा सातवटै मापन केन्द्रमा राष्ट्रिय मापदण्डभन्दा बढी पाइएको उल्लेख गरेको छ ।

पटकाको धुवाँमा हुने सूक्ष्म कण श्वासप्रश्वासमार्फत शरीरभित्र प्रवेश गर्छन् । यसले दम, खोकी र सास फेर्न गाह्रो हुने समस्या बढाउन सक्छ । गर्भावस्थामा वायु प्रदूषणको सम्पर्क र कम तौलका शिशु जन्मिने तथा समय नपुगी प्रसूति हुने जोखिमबीच सम्बन्ध रहेको विभिन्न अनुसन्धानले देखाएका छन् ।

सन् २०२४ मा अब्स्टेट्रिकल एन्ड गाइनोकोलोजिकल सर्भे नामक जर्नलमा प्रकाशित समीक्षात्मक अध्ययनमा २५ वटा अनुसन्धान समेटिएका थिए । यसले ध्वनि प्रदूषण र गर्भस्थ शिशुको विकास, आमाको उच्च रक्तचाप, मधुमेह तथा मानसिक स्वास्थ्यबीच हुन सक्ने सम्बन्धबारे अध्ययन गरेको थियो ।

त्यसैले सम्भावित जोखिमबाट जोगिन गर्भवती महिलालाई पटका पड्काइने स्थानबाट टाढा राख्नु, धुवाँबाट जोगाउनु र सकेसम्म स्वच्छ हावा भएको ठाउँमा बस्ने वातावरण मिलाउनु आवश्यक छ ।

तिहार खुसी र उज्यालोको पर्व हो । तर आफ्नो केही क्षणको मनोरञ्जनका लागि गर्भवती महिला र गर्भमा हुर्किरहेको शिशुको स्वास्थ्यलाई जोखिममा पार्नु उचित हुँदैन । पटका नपड्काएर पनि तिहार मनाउन सकिन्छ । अरूको स्वास्थ्य र सुरक्षाको ख्याल गर्नु पनि पर्व मनाउने संस्कार हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
4d ago
पटका पड्काउने क्रममा पर्सामा बालकको मृत्यु

पटका पड्काउने क्रममा पर्सामा बालकको मृत्यु

पटका पड्काउने क्रममा जलेर पर्सामा ५ वर्षीय बालकको मृत्यु भएको हो ।

#पटका #पड्काउने
Compare →
Hamro Patro News
1w ago
पटका पड्काउँदा कसलाई कस्तो असर पर्छ ?

पटका पड्काउँदा कसलाई कस्तो असर पर्छ ?

तिहार उज्यालो, खुसी र आपसी सद्‍भावको पर्व हो । तर यही पर्वमा पड्काइने पटका र आतसबाजीले धेरै मानिस तथा पशुप्राणीका लागि त्रास, पीडा र जोखिम निम्त्याउँछ । हामी केही क्षण रमाइलो गर्न पटका पड्काउँछौँ, ...

#पटका #असर
Compare →
Nagarik News
1d ago
पटका पड्काउँदा बालक घाइते

पटका पड्काउँदा बालक घाइते

पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ बर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन् ।

#पटका
Compare →
Arthasansar
3d ago
सेयर किन्नुअघि यी ६ सूचक हेर्नुहोस्, नत्र राम्रो कम्पनी छान्दा पनि पर्न सक्छ घाटा!

सेयर किन्नुअघि यी ६ सूचक हेर्नुहोस्, नत्र राम्रो कम्पनी छान्दा पनि पर्न सक्छ घाटा!

सेयर बजारमा लगानी गर्ने धेरैको उद्देश्य एउटै हुन्छ– कम जोखिममा राम्रो प्रतिफल कमाउने। तर बजारमा कुन कम्पनीको सेयर किन्ने, कहिले...

#सक्छ
Compare →

Related Stories

Health & Wellness
Build #2611