Trending
Prev Story
Next Story

सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीति खलबलियो : केपी ओली

Onlinekhabar •
November 09, 2026 • 08:01 AM
1
1 reads 0 reactions

२३ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंशको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्नुपर्ने बताएका छन्। सोमबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको बडादसैँ, शुभदीपावली, …

सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीति खलबलियो : केपी ओली

२३ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंशको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्नुपर्ने बताएका छन्।

सोमबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले सबैलाई ‘बात बहादुर’ नभई ‘काम बहादुर’ बन्न आग्रह गरेका हुन्।

बस्नलायक समाज निर्माणका लागि नागरिकको नैतिक बल, नैतिक भावना र सांस्कृतिक मनोवृत्ति उन्नत हुनुपर्नेमा उनले जोड दिए। अत्यधिक लोभले मानिसलाई नैतिक रूपमा पतन गराएर राक्षसी प्रवृत्तितर्फ लैजाने भन्दै उनले समाजमा घृणा, षड्यन्त्र र जालझेल बढ्न नहुने स्पष्ट पारे।

‘खराब काम गर्ने मानिसलाई पशुसँग तुलना गर्नु पशुमाथि अन्याय हो, किनकि पशुले मानिसले जस्तो अन्याय र जालझेल गर्दैन,’ उनले भने।

‘हामी कुरा गर्ने मात्र होइन, काम गर्ने बन्नुपर्छ,’ ओलीले भने, ‘विध्वंसकारी होइन, निर्माणकर्ता बन्नुपर्छ। आपसी घृणा, लोभ, छलकपट त्यागेर प्रेम, करुणा र सहकार्यको भावना विकास गर्नुपर्छ।’

‘सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीति खलबलियो’

अध्यक्ष ओलीले मानिसको सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीतिसमेत खलबलिएको टिप्पणी गरे। संसद भवन निर्माण गर्नुभन्दा आगो लगाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्नुभन्दा नष्ट गर्ने प्रवृत्ति बढेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

आफ्नो नेतृत्वको सरकारले गोदावरीमा अन्तर्राष्ट्रियस्तरको सभागृहलगायत ठूला सभाहल र रङ्गशाला निर्माणलाई प्राथमिकता दिएको दाबी गर्दै उनले भक्तपुरमा समेत ठूला सार्वजनिक सभाहलको आवश्यकता रहेको औँल्याए।

भूकम्पले क्षति पुर्‍याएका संरचना, दशरथ रङ्गशाला तथा पोखरा रङ्गशालाको पुनर्निर्माणलाई विकासको उदाहरण मान्दै ओलीले भने, ‘विकास भएका संरचना भत्काउने, राष्ट्रिय सम्पत्तिमा आगजनी तथा लुटपाट गर्ने गतिविधिको जड समाजमा सांस्कृतिक भावना कमजोर हुनु हो।’

भाटभटेनीका २१ वटा स्टोरमा भएको लुटपाट र आगजनीको प्रसङ्ग उठाउँदै उनले सार्वजनिक तथा निजी सम्पत्ति जलाउने व्यक्तिहरू नेपाली समाजका कलङ्क भएको बताए।

‘नेपाली संस्कृतिमाथि हमला भइरहेको छ’

ओलीले नेपाली संस्कृतिमाथि हमला भइरहेको भन्दै सबैलाई सचेत रहन आग्रह गरे। साना देखिने सांस्कृतिक गतिविधिभित्र पनि गहिरो सामाजिक अर्थ लुकेको हुने भन्दै उनले समाज निर्माणमा चाडपर्व, परम्परा, गीत, सङ्गीत र खानपानको महत्त्वपूर्ण भूमिका रहने बताए।

‘मानिस सामाजिक प्राणी भएकाले नै समाजलाई व्यवस्थित बनाउन रीतिरिवाज र चाडपर्वको विकास भएको हो,’ ओलीले भने, ‘हाम्रा परम्पराले आपसी सद्भाव, एकता र सहकार्यलाई बलियो बनाउँदै समाजको पहिचान निर्माण गरेका छन्।’ मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै तिनलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको दायित्व भएको उनले स्मरण गराए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4d ago
सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीति खलबलियो : केपी ओली

सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीति खलबलियो : केपी ओली

२३ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंशको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्नुपर्ने बताएका छन्। सोमबार नेकपा...

#केपी-ओली #नेकपा #कात्तिक
Compare →
Nagarik News
4d ago
‘बात बहादुर’ होइन ‘काम बहादुर’ बनौं: ओली

‘बात बहादुर’ होइन ‘काम बहादुर’ बनौं: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंसको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्न आह्वान गरेका छन्। उनले नागरिकलाई कुरा मात्र गर्ने ‘बात बहादुर’ नभई काम गरेर देखाउने ‘काम बहादुर’ बन्न आग्रह गरे।

#केपी-ओली #नेकपा #ओली
Compare →

Related Stories

Politics & Governance
Build #2611