Trending
Prev Story
Next Story

‘बात बहादुर’ होइन ‘काम बहादुर’ बनौं: ओली

Nagarik News •
November 09, 2026 • 04:15 PM
1
1 reads 0 reactions

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंसको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्न आह्वान गरेका छन्। उनले नागरिकलाई कुरा मात्र गर्ने ‘बात बहादुर’ नभई काम गरेर देखाउने ‘काम बहादुर’ बन्न आग्रह गरे।

‘बात बहादुर’ होइन ‘काम बहादुर’ बनौं: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंसको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्न आह्वान गरेका छन्। उनले नागरिकलाई कुरा मात्र गर्ने ‘बात बहादुर’ नभई काम गरेर देखाउने ‘काम बहादुर’ बन्न आग्रह गरे।

बडादसैं,दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले सोमबार आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

खराब आचरण भएका मानिसको तुलना जनावरसँग गर्न नमिल्ने तर्क गर्दै ओलीले भने, ‘खराब काम गर्ने मानिसलाई पशुसँग तुलना गर्नु पनि पशुमाथि अन्याय हो। पशुले मानिसले जस्तो अन्याय, षड्यन्त्र र जालझेल गर्दैन।’

अत्यधिक लोभ र स्वार्थले मानिसलाई नैतिक रूपमा पतन गराउँदै राक्षसी प्रवृत्ति तर्फ धकेल्ने उनको टिप्पणी थियो।

बस्नयोग्य र सभ्य समाज निर्माणमा जोड दिँदै अध्यक्ष ओलीले भने, ‘हामी सबैले बस्नयोग्य, सभ्य र समुन्नत समाज निर्माण गर्न आफ्नो नैतिक, सांस्कृतिक र मानवीय चेतना उँचो बनाउन आवश्यक छ। राजनीति र अर्थतन्त्रलाई सही दिशामा अघि बढाउने आधार पनि यही नैतिक चेतना हो। हामी कुरा गर्ने मात्र होइन, काम गर्ने बन्नुपर्छ। विध्वंसकारी होइन, निर्माणकर्ता बन्नुपर्छ।’

नागरिकको नैतिक बल, भावना र सांस्कृतिक मनोवृत्ति उन्नत भए मात्र राजनीति र अर्थतन्त्र स्वतः सकारात्मक दिशामा अघि बढ्ने ओलीको भनाइ थियो। उनले समाजमा परस्पर घृणा, लोभ, छलकपट र स्वार्थ त्यागेर प्रेम, करुणा, इमानदारी र सहकार्यको भावना विकास गर्नुपर्नेमा जोड दिए।

संस्कृतिले सिकाएका असल मूल्य र मान्यतालाई आत्मसात गर्नुपर्ने बताउँदै ओलीले राम्रा परम्पराको संरक्षण र समयअनुसार परिमार्जन गर्दै नयाँ पुस्ताका लागि अझ सभ्य, समृद्ध र सुन्दर समाज निर्माणमा जुट्न सबैलाई आग्रह गरे।

प्रकाशित: २३ कार्तिक २०८३ २२:०० सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
‘बात बहादुर’ होइन ‘काम बहादुर’ बनौं: ओली

‘बात बहादुर’ होइन ‘काम बहादुर’ बनौं: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंसको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्न आह्वान गरेका छन्। उनले नागरिकलाई कुरा मात्र गर्ने ‘बात...

#केपी-ओली #बहादुर #बात
Compare →
Onlinekhabar
4d ago
सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीति खलबलियो : केपी ओली

सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीति खलबलियो : केपी ओली

२३ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंशको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्नुपर्ने बताएका छन्। सोमबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको बडादसैँ, शुभदीपावली, …

#केपी-ओली #नेकपा #ओली
Compare →
Ekantipur
6d ago
मधेशमा जसपाको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र नेकपाको कसरत

मधेशमा जसपाको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र नेकपाको कसरत

एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ भने नयाँ सरकारबारे जसपा अझै अनिर्णीत छ ।

#नेकपा #एमा
Compare →
Bizshala
8h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#एमा #ओली
Compare →

Related Stories

Politics & Governance
Build #2611