Trending
Prev Story
Next Story

घोप्टेभीरको पहिरो हटाउन दुवैतर्फबाट उपकरण परिचालन, दिउँसो १ बजेसम्म यातायात सञ्चालनको तयारी

Ekantipur •
November 09, 2026 • 06:01 AM
1
1 reads 0 reactions

इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा खसेको पहिरो पन्छाउन दुवैतर्फबाट उपकरण परिचालन गरी दिउँसो १ बजेसम्म सडक खोल्ने तयारी छ।

घोप्टेभीरको पहिरो हटाउन दुवैतर्फबाट उपकरण परिचालन, दिउँसो १ बजेसम्म यातायात सञ्चालनको तयारी

इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा खसेको पहिरो पन्छाउन दुवैतर्फबाट उपकरण परिचालन गरी दिउँसो १ बजेसम्म सडक खोल्ने तयारी छ।

चितवन — पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सोमबार बिहान खसेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालन गर्ने तयारीसहित काम तीव्र पारिएको छ । पहिरो पन्छाउन अहिले सडकको दुवैतर्फबाट उपकरण परिचालन गरिएको छ ।

नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार मुग्लिनतर्फबाट सडक डिभिजन कार्यालय भरतपुरको लोडरले पहिरो पन्छाइरहेको छ ।

काठमाडौंतर्फबाट दुई वटा एक्साभेटर, एउटा जेसीबी र एउटा लोडर परिचालन गरिएको छ । सडक केही सफा भएपछि काठमाडौंतर्फबाट एउटा एक्साभेटर मुग्लिनतर्फ पठाएर पहिरो पन्छाइने उनले बताए।

अधिकारीले थप पहिरो नखसेमा काम तीव्र गतिमा भइरहेको हुँदा दिउँसो १ः०० बजेसम्म सडक सञ्चालनमा आउने बताए । सो स्थानमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले पहिरो पन्छाउन ढिलाइ भएको उनको भनाइ छ। राति १ः०० बजे खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो । पुनः बिहान ५ः०० बजे पहिरो खसेपछि काठमाडौंतर्फबाट तत्काल पहिरो पन्छाउने काम थालिएको थियो । मुग्लिनतर्फ पहिरो पन्छाउन आवश्यक उपकरण उपलब्ध नभएपछि भरतपुरबाट उपकरण ल्याएर काम सुरु गरिएको अधिकारीले जानकारी दिए।

पहिरो खसेको स्थान मुग्लिनबाट तीन किलोमिटर मलेखुतर्फ पर्दछ । सो स्थानमा आइतबार पनि सुक्खा पहिरो खसेर दिनको समयमा केही बेर सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि तिहार मनाउन घर जाँदै गरेका यात्रु बोकेका सवारीसाधन बाटोमै रोकिएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4d ago
कुरिन्टार घोप्टेभीरमा सुक्खा पहिरो, ३ घण्टामा दुईतर्फी यातायात चलाउने तयारी

कुरिन्टार घोप्टेभीरमा सुक्खा पहिरो, ३ घण्टामा दुईतर्फी यातायात चलाउने तयारी

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको घोप्टेभीर कुरिनटार नजिकै बिहानीपख सुक्खा पहिरो खस्दा राजमार्गमा यातायात आवागमन दुईतर्फी अवरुद्ध भएको छ । पहिरो हटाउन मेशिन उपकरण परिचालन भइसकेको नागढुंग...

#पहिरो #घोप्टेभीर #तयारी
Compare →
Onlinekhabar
3d ago
घोप्टेभीर : पहिरो छिचोलियो, ट्राफिक जाम छिचोल्न घण्टौंको सकस

घोप्टेभीर : पहिरो छिचोलियो, ट्राफिक जाम छिचोल्न घण्टौंको सकस

२४, कात्तिक, चितवन । तिहारको टीका लगाउन वा लगाइदिन हिँडेका दाजुभाइ र दिदीबहिनीहरू पृथ्वी राजमार्गको घोप्टेभीरमा खसेको पहिरोका कारण सोमबार रातिदेखि अलपत्र परे । सोमबार दिनभर जसो पनि सुख्खा पहिरोले घोप्टेभीरमा सडक अवरुद्ध हुँदा घण्टौं यात्रुहरू …

#पहिरो #घोप्टेभीर
Compare →
Nagarik News
3d ago
पहिरो पन्छाए पनि घोप्टेभीरमा सवारीको अत्यधिक चाप, राजमार्ग खुलाउन ट्राफिकलाई हम्मेहम्मे

पहिरो पन्छाए पनि घोप्टेभीरमा सवारीको अत्यधिक चाप, राजमार्ग खुलाउन ट्राफिकलाई हम्मेहम्मे

तिहार मनाउन घर फर्किने र राजधानी जाने सर्वसाधारणको चापबीच पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाइए पनि नारायणगढ-मुग्लिन सडकखण्डमा यात्रुहरू घण्टौंदेखि जामको सास्ती भोग्न बाध्य भएका छन्।

#पहिरो #घोप्टेभीर
Compare →
Bizshala
3d ago
घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

काठमाण्डौ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाएपछि यातायात...

#पहिरो #घोप्टेभीर
Compare →
Arthasansar
3d ago
घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, गएराति ११ बजेतिर...

#पहिरो #घोप्टेभीर
Compare →

Related Stories

National (Nepal)
Build #2611