काठमाडौँ – नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र पारेको छ। बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने भेलामा देशभरबाट ३ हजार ४१४ प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ।
भेलाको तयारीलाई अन्तिम रूप दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बैठक बसेको थियो। बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले आगामी स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताए। ‘पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक चुनौतीबारे साझा बुझाइ निर्माण गर्दै पार्टी पंक्तिलाई स्थानीय निर्वाचनको तयारीमा परिचालित गर्ने लक्ष्य छ,’ पोखरेलले भने।
स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )