Trending
Prev Story
Next Story

घोप्टेभीर : पहिरो छिचोलियो, ट्राफिक जाम छिचोल्न घण्टौंको सकस

Onlinekhabar •
November 10, 2026 • 04:00 PM
1
1 reads 0 reactions

२४, कात्तिक, चितवन । तिहारको टीका लगाउन वा लगाइदिन हिँडेका दाजुभाइ र दिदीबहिनीहरू पृथ्वी राजमार्गको घोप्टेभीरमा खसेको पहिरोका कारण सोमबार रातिदेखि अलपत्र परे । सोमबार दिनभर जसो पनि सुख्खा पहिरोले घोप्टेभीरमा सडक अवरुद्ध हुँदा घण्टौं यात्रुहरू …

घोप्टेभीर : पहिरो छिचोलियो, ट्राफिक जाम छिचोल्न घण्टौंको सकस

२४, कात्तिक, चितवन । तिहारको टीका लगाउन वा लगाइदिन हिँडेका दाजुभाइ र दिदीबहिनीहरू पृथ्वी राजमार्गको घोप्टेभीरमा खसेको पहिरोका कारण सोमबार रातिदेखि अलपत्र परे ।

सोमबार दिनभर जसो पनि सुख्खा पहिरोले घोप्टेभीरमा सडक अवरुद्ध हुँदा घण्टौं यात्रुहरू बीच बाटोमा नै रोकिन पुगेका थिए ।

बल्लतल्ल खुलेको सडक फेरि राति १२ बजेपछि पहिरो आएर अवरुद्ध बन्यो । सडक डिभिजन कार्यालय भरतपुर र मुगलिन–मलेखु सडक विस्तार गर्ने ठेकदारका डोजरले रातिदेखि नै पहिरो पन्छाउने प्रयास जारी राखे ।

मंगलबार दिउँसोतिर सवारी एकतर्फी रूपमा खुल्यो । तर, सडकमा लामबद्ध सवारीसाधन अगाडि बढ्न सकेनन् ।

सडकमा सवारी चालकहरूले अनुशासनहीन काम गर्दा तिहारमा घर पुग्न हतारिएका यात्रु घण्टौंसम्म सडकमा नै अलपत्र परेको प्रहरीको दाबी छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले निजी सवारी साधनका चालकहरूले हदैसम्म अनुशासनहीन चरित्र देखाउँदा सबै यात्रुलाई समस्या भएको बताए ।

राजमार्गमा तीन लेनसम्म कभर हुनेगरी सवारीसाधन राखेर चालकहरूले पहिरोभन्दा बढी दुःख दिएको उनको गुनासो छ ।

‘कतिलाई कारबाही गर्ने ? सबै टाढा–टाढा जान हिँड्नुभएको छ,’ थापाले भने, ‘कारबाही गर्दा झन् गञ्जागोल हुने देखियो ।’

त्यसपछि सम्झाउने–बुझाउने गरेर अगाडि बढाएको उनले बताए । ‘सम्झाइ–बुझाइ सडकमा लेनमा मिलाउने काम गर्नुपरिरहेको छ । हामी त निरीहजस्तै हुनुपर्ने अवस्था छ,’ उनले भने ।

यता घोप्टेभीरले सिर्जना गरेको समस्याले यात्रुहरूलाई भने घण्टौं हैरान पारेको छ । गैंडाकोटबाट काठमाडौं टीका थाप्न हिँडेका आशिक बरालले ५ घण्टाभन्दा बढी समय जाममा परेको भन्दै दुखेसो सुनाए ।

‘जाम त खुलेको छ भनियो । तर सवारी साधनहरू सडकभरि मनपरी तरिकाले राखिएको थियो । चालकहरूले नै प्रहरीलाई नटेर्ने, अटेरी गर्ने, धम्क्याउने पनि देखिए,’ उनले भने । निजी सवारी धनीहरूले मनपरी गरेको उनले सुनाए ।

पत्रकार सागर पण्डितले एक पहिरोका कारण ५ घण्टासम्म जाममा परेकामा आक्रोशित सुनिए । ‘देशमा सरकार छ र ? यता त सरकार नै देखिएन,’ उनले भने ।

पत्रकार देवीप्रसाद सापकोटाले काठमाडौंबाट ५ घण्टामा पुगिने चितवन पुग्न साढे ११ घण्टा लागेको सुनाए । उनले कुरिनटार क्षेत्रमा मात्रै साढे ६ घण्टा जाममा परेको बताए ।यता घोप्टेभीरको पहिरो पन्छाएर दुईतर्फी सवारी चलाउन तत्काल सम्भव नभएको ट्राफिक प्रहरीको भनाइ छ ।

‘आज रातभर हामी यहीँ खट्ने हो, अहिले पहिरो गएको स्थानमा बत्तीसमेत बालेका छौं’, ट्राफिक प्रहरी प्रमुख थापाले भने, ‘अझै पनि माथिबाट बेलाबखत पहिरो झरेको छ, राम्रोसँग सवारी पास गर्न पनि कठिनाइ भइरहेको छ ।’

उनले तिहारमा टीका लगाउने हिँडेका यात्रुलाई सकभर रातभरमा घोप्टेभीर पार गराउने प्रयास प्रहरीले गरिरहेको बताए ।

चालकहरूलाई अनुशासन पालन गरिदिन उनले अनुरोध गरे ।

घोप्टेभीरको पहिरोको असर काठमाडौं–मुग्लिन सडकखण्डमा मात्रै नभई नारायणगढ–पोखरा जाने सडकमा पनि परेको छ । चालकहरूले सडकमा मनपरी सवारी राखिदिदा तनहुँ, लमजुङ, गोरखा, पोखरा बाग्लुङ, पर्वत, स्याङ्जालगायतका जिल्लामा जाने र आउने यात्रुहरु पनि घण्टौं जाममा परेका छन् ।

नारायणगढबाट बिहान १० बजे हिँडेका यात्रु तनहुँको डुम्रे बजार पुग्न नै ७ घण्टासम्म जाममा बस्नु परेको थियो ।

मलेखु–मुगलिन सडक बिस्तारको ठेक्का पाएको शर्मा जेडआईसीजी जेभीका सहदेव खड्काले सोमबार र मंगलबार दिनभर रातभर सडक खुलाएर यात्रुलाई गन्तव्यसम्म जाने व्यवस्था गर्न प्रयास गरिएको बताए ।

‘हामीले निकै जोखिम लिएर रातभर पनि काम गर्‍यौं, हाम्रा दुई जना कामदार घाइते नै भए, कतिबेला माथिबाट पहिरो आउँछ थाहा छैन, रातिमा देखिँदैन’, उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
3d ago
पहिरो पन्छाए पनि घोप्टेभीरमा सवारीको अत्यधिक चाप, राजमार्ग खुलाउन ट्राफिकलाई हम्मेहम्मे

पहिरो पन्छाए पनि घोप्टेभीरमा सवारीको अत्यधिक चाप, राजमार्ग खुलाउन ट्राफिकलाई हम्मेहम्मे

तिहार मनाउन घर फर्किने र राजधानी जाने सर्वसाधारणको चापबीच पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाइए पनि नारायणगढ-मुग्लिन सडकखण्डमा यात्रुहरू घण्टौंदेखि जामको सास्ती भोग्न बाध्य भएका छन्।

#पहिरो #घोप्टेभीर #ट्राफिक
Compare →
Bizshala
3d ago
घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

काठमाण्डौ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाएपछि यातायात...

#पहिरो #घोप्टेभीर
Compare →
Hamro Patro News
3d ago
घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको पहिरो पन्छाएपछि यातायात सेवा पुनः नियमित भएको छ ।

#पहिरो #घोप्टेभीर
Compare →
Arthasansar
3d ago
घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, गएराति ११ बजेतिर...

#पहिरो #घोप्टेभीर
Compare →
Ekantipur
3d ago
घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सुचारु

घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सुचारु

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डको घोप्टेभीरमा गएको पहिरो हटाएपछि दुईतर्फी यातायात सुचारु भएको छ ।

#पहिरो #घोप्टेभीर
Compare →

Related Stories

National (Nepal)
Build #2611