मुम्बई । बलिउडका महानायक अमिताभ बच्चन, साउथ सुपरस्टार रजनीकान्त, ग्लोबल स्टार प्रियंका चोपडालगायत धेरै चर्चित सेलिब्रेटीले फ्यानहरूलाई दीपावलीको शुभकामना दिएका छन् ।
बलिउडका बिग बी अमिताभ बच्चनले मुम्बईस्थित आफ्नो निवास ‘जलसा’ बाहिर बुलेटप्रुफ सिसाबिना नै आएर फ्यानहरूलाई दीपावलीको शुभकामना दिएका थिए । साथै उनले आफ्नो ब्लगमार्फत क्षमा, कृतज्ञता र शान्तिको सन्देश दिँदै सबैको सुख र समृद्धिको कामना गरे ।
Read full story at source ( ratopati.com )