Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भाइटीका शुभकामना : दाजुभाइ–दिदीबहिनीबीचको प्रेम र विश्वास अझ प्रगाढ बनोस्

Nagarik News •
November 11, 2026 • 03:08 AM
1
1 reads 0 reactions

प्रधानमन्त्रीले यमपञ्चकको अन्तिम दिन भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्रीको भाइटीका शुभकामना : दाजुभाइ–दिदीबहिनीबीचको प्रेम र विश्वास अझ प्रगाढ बनोस्

प्रधानमन्त्रीले यमपञ्चकको अन्तिम दिन भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

भाइटीकाको पावन अवसरमा आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना दिँदै प्रधानमन्त्रीले यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत दिएको शुभकामना सन्देशमा भाइटीकासँग जोडिएको पौराणिक मान्यतासमेत स्मरण गरेका छन्। पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उनको निवासमा पुगेका थिए। त्यस अवसरमा यमुनाले आफ्ना दाजु यमराजलाई विधिपूर्वक टीका र पूजा गरी आदरसत्कार गरेकी थिइन्।

बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न भएका यमराजले यस दिन बहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको धार्मिक विश्वास रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

यही विश्वासअनुसार भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै श्रद्धापूर्वक पूजा गर्ने परम्परा छ।

भाइटीकामा दाजुभाइलाई दूबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने, सप्तरङ्गी टीका लगाउने तथा विभिन्न मिष्ठान्न परिकार खुवाउने चलन रहेको छ। यसैगरी, दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा प्रदान गरी आशीर्वाद ग्रहण गर्ने परम्परा छ।

प्रधानमन्त्रीले भाइटीकाले नेपाली समाजमा पुस्तौँदेखि कायम पारिवारिक सम्बन्ध, प्रेम र आत्मीयतालाई थप बलियो बनाउँदै सबैको जीवनमा सुख, शान्ति, समृद्धि र मंगल ल्याओस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: २५ कार्तिक २०८३ ०८:५३ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
अस्ट्रेलियामा भाइटीकाको रौनक, दाजुभाइलाई टीका लगाउन सहर पुगे दिदीबहिनी

अस्ट्रेलियामा भाइटीकाको रौनक, दाजुभाइलाई टीका लगाउन सहर पुगे दिदीबहिनी

क्यानबेरा । अस्ट्रेलियामा यसवर्षको भाइटीका नेपाली समुदायले हर्षोल्लासका साथ मनाएका छन् । स्थानीय समयअनुसार बिहान करिब ११ बजेदेखि नै भाइटीका लगाउने क्रम सुरु भएको थियो । कतिपय परिवारले बिहानै शुभसाइतमा भाइटीका लगाए भने, काम र अन्य …

#भाइटी #दाजुभाइ
Compare →
Hamro Patro News
1d ago
दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता

दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता

भैरहवा । दिदीबहिनी नभए पनि भाइटीकाको उल्लास र महत्वलाई आत्मसात् गर्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित जनकपथ निवासी दुई दाजुभाइले एक–अर्कालाई टीका लगाउँदै आएका छन् । १२ वर्षीय ...

#भाइटी #दाजुभाइ
Compare →
Bizshala
1d ago
भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २...

#भाइटी
Compare →
Ekantipur
2d ago
भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीका लगाएपछि चितवन र आसपासका क्षेत्रबाट पर्यटक घुम्न सौराहा पुगेका छन् । तर घोप्टेभीरको पहिरोका कारण पर्यटक आवागमन भने सोचेजति हुन नसकेको व्यवसायीले बताए ।

#भाइटी
Compare →

Related Stories

Politics & Governance
Build #2611