Trending
Prev Story
Next Story

खण्डहर बनेको हिल्टनको भावुक तिहारको शुभकामनाः ‘फेरि कहिल्यै त्यस्तो राष्ट्रिय विपत्ति भोग्न नपरोस्’

Arthasansar •
November 09, 2026 • 03:34 AM
2
2 reads 0 reactions

गत वर्षको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त बनेको काठमाडौंको पाँचतारे होटल हिल्टनले यस वर्षको तिहार तथा छठ पर्वको...

खण्डहर बनेको हिल्टनको भावुक तिहारको शुभकामनाः  ‘फेरि कहिल्यै त्यस्तो राष्ट्रिय विपत्ति भोग्न नपरोस्’

गत वर्षको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त बनेको काठमाडौंको पाँचतारे होटल हिल्टनले यस वर्षको तिहार तथा छठ पर्वको अवसरमा दिएको शुभकामना सन्देशले धेरैको ध्यान खिचेको छ। होटलले नक्साल स्थित जलेर खण्डहर बनेको भवन अगाडी ठूलो ब्यानर राखेर २०८२ भदौमा देशले भोग्नुपरेको अप्रिय राष्ट्रिय विपत्तिलाई स्मरण गर्दै पुनः त्यस्तो अवस्था कहिल्यै नआओस् भन्ने कामना गरेको छ।

उक्त ब्यानरमा लेखिएको छ, ‘वि.सं. २०८२ भदौमा जस्तो अप्रिय राष्ट्रिय विपत्ति फेरि कहिल्यै भोग्न नपरोस्। देशमा सुख, शान्ति र समृद्धि छाओस्। पशुपतिनाथले हामी सबैको रक्षा गरून्। शुभ दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना।’ हिल्टनको यो सन्देश केवल चाडपर्वको शुभकामनामा मात्र सीमित छैन। यसले गत वर्षको आन्दोलनका क्रममा देशले भोगेको ठूलो मानवीय तथा भौतिक क्षतिको पीडालाई समेत स्मरण गराएको छ। काठमाडौंको नक्सालमा अवस्थित हिल्टन होटल २०८२ भदौ २४ गते भएको आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको थियो। शंकर समूहको लगानीमा निर्माण भएको उक्त पाँचतारे होटल सञ्चालनमा आएको एक वर्ष पनि नपुग्दै आगलागीको चपेटामा परेको थियो। सन् २०१६ देखि निर्माण सुरु भएको उक्त होटलमा करिब ८ अर्ब ३५ करोड रुपैयाँ लगानी भएको थियो। १७ तले संरचना, १७२ भन्दा बढी कोठा तथा अत्याधुनिक सुविधासहित निर्माण गरिएको होटल नेपालको आतिथ्य तथा पर्यटन क्षेत्रमा महत्वपूर्ण लगानीका रूपमा हेरिएको थियो।

होटल संघ नेपालले जेनजी आन्दोलनका क्रममा देशभरका करिब दुई दर्जन होटलमा आगजनी, तोडफोड तथा लुटपाट भएको र होटल क्षेत्रमा मात्रै प्रारम्भिक रूपमा २५ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको जनाएको थियो। संघको प्रारम्भिक अनुमानअनुसार हिल्टन होटलमा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको थियो। यस घटनाबाट होटल क्षेत्रमा कार्यरत दुई हजारभन्दा बढी कर्मचारीको रोजगारीसमेत जोखिममा परेको थियो। त्यस्तै, जेनजी आन्दोलनका क्रममा भएको समग्र राष्ट्रिय क्षतिको मूल्यांकन गर्न गठित सरकारी समितिको प्रतिवेदनअनुसार देशका सातै प्रदेशका ५४ जिल्लाका २६२ स्थानीय तह प्रभावित भएका थिए। आन्दोलनका क्रममा ७७ जनाको मृत्यु भएको र २ हजार ४२९ जना घाइते भएका थिए। सरकारी समितिले कुल भौतिक क्षति ८४ अर्ब ४५ करोड रुपैयाँ बराबर रहेको निष्कर्ष निकालेको थियो।

सरकारी तथा सार्वजनिक क्षेत्रका संरचना, निजी व्यवसाय, होटल, व्यापारिक प्रतिष्ठान, सवारीसाधन तथा अन्य भौतिक सम्पत्तिमा पुगेको क्षतिले मुलुकको अर्थतन्त्र र लगानीको वातावरणमा समेत गम्भीर असर पारेको थियो।यही पृष्ठभूमिमा हिल्टनले दिएको यस वर्षको तिहार तथा छठ पर्वको शुभकामना सन्देशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। कुनै समय ठूलो लगानी र सपनासहित उभिएको होटल स्वयं आगजनीबाट ध्वस्त भएको पीडादायी पृष्ठभूमिमा आएको यो सन्देशले देशमा स्थायी शान्ति, सद्भाव र समृद्धिको आवश्यकता पुनः स्मरण गराएको छ। चाडपर्वले सबै नेपालीमा खुसी, एकता र सद्भाव फैलाओस् तथा मुलुकले फेरि कहिल्यै त्यस्तो मानवीय र भौतिक क्षति व्यहोर्न नपरोस् भन्ने सन्देश हिल्टनको शुभकामनाले दिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
चेलीबेटीसँग टीका लगाउँदै डा. सुनील शर्मा, देशभरका दिदीबहिनीलाई तिहारको शुभकामना

चेलीबेटीसँग टीका लगाउँदै डा. सुनील शर्मा, देशभरका दिदीबहिनीलाई तिहारको शुभकामना

विराटनगर । नेपाली कांग्रेसका नेता तथा जीपी कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माले तिहारको अवसरमा आफ्ना चेलीबेटीहरूसँग भाइटीका लगाउँदै खुसी साटासाट गरेका छन्। उनले विराटनगरस्थित आफ्नै निव...

#तिहार #शुभकामना
Compare →
Nagarik News
1d ago
भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम छैन।

#तिहार
Compare →
Onlinekhabar
2d ago
तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

‎‎२५ कार्तिक, नुवाकोट । तिहारको मैझारोसँगै आएको वर्षा रोकिएपछि उत्तरी हिमश्रृंखला खुलेका छन् । भाइटीका सकिँदै गर्दा बुधबार दिउँसो परेको वर्षाले मौसम नुहाएपछि नुवाकोटबाट माछापुच्छ्रेदेखि जुगल हिमाल खुलस्त देखिए । एकैछिनको वर्षा रोकिएपछि घाम लाग्दा घमाइलो …

#तिहार
Compare →
Ekantipur
1d ago
तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

आर्थिक अभावका कारण माइती–मावली जान नसक्ने चेलीलाई निःशुल्क बाइक सेवा दिइएको हो ।

#तिहार
Compare →
Bizshala
9h ago
तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

काठमाण्डौ । तिहारपछिको पहिलो कारोबार दिन सेयरबजारले सकारात्मक लय समात्न सकेन। लामो पर्व बिदापछि खुलेको बजारमा...

#बने #तिहार
Compare →

Related Stories

Business & Economy
Build #2611