काठमाडौं– यम पञ्चक अर्थात् तिहारअन्तर्गत आज कात्तिक २३ गते सोमवार गाई पूजा गरिँदैछ । हिन्दू धर्मावलम्बीले गाईलाई गौमाताका रूपमा सम्मान गर्दै विधिपूर्वक पूजा, आराधना र मीठा परिकार खुवाएर यो पर्व मनाउने गर्छन् । धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले विशेष महत्व बोकेको गाईपूजा नेपाली समाजमा परम्परादेखि मनाइँदै आएको पर्व हो ।
गाईलाई हिन्दू धर्ममा लक्ष्मीको प्रतीक तथा समृद्धि, पवित्रता र मातृत्वको प्रतीकका रूपमा लिने गरिन्छ । गाईले प्रदान गर्ने दूध, दही, घिउ, गोबर र गहुँतलाई धार्मिक तथा सांस्कृतिक कार्यमा प्रयोग गरिने भएकाले पनि हिन्दू परम्परामा गाईको विशेष स्थान रहेको छ । गाईबाट प्राप्त हुने दूध पोषिलो हुनुका साथै आमाको दूधसरह महत्वपूर्ण मानिने धार्मिक तथा सांस्कृतिक विश्वासका कारण गाईलाई माताका रूपमा सम्मान गर्ने चलन रहँदै आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( kalakarmi.com )