Trending
Prev Story
Next Story

यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

Arthasansar •
November 09, 2026 • 01:34 AM
2
2 reads 0 reactions

यमपञ्चकको तेस्रो दिन आज घर–घरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन आज घर–घरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी ‘गौमाता’का रूपमा सम्मान र पूजा गर्ने परम्परा रहिआएको छ ।

तिहारको औँसीको दिन आज गाईलाई धनकी देवी लक्ष्मीको प्रतीकका रूपमा पूजा गरी घरमा सुख, शान्ति, शुभता र समृद्धिको कामना गरिन्छ । ऋग्वेद र अथर्ववेदमा गाईलाई धन, स्वास्थ्य र समृद्धिको प्रतीक तथा मातृ स्वरूप सम्मानयोग्य प्राणीका रूपमा व्याख्या गरिएको छ । गाईको शरीरमा सम्पूर्ण देवीदेवताको वास हुने धार्मिक विश्वास छ ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले पनि गाईलाई मातृ स्वरूप मानिएको हो । पूजा तथा धार्मिक अनुष्ठानहरूमा गाईको दूध, गोबर र गोमूत्रबाट पञ्चगव्य बनाउने गरिन्छ। आजको दिन गाईलाई पूजा गरी मीठा परिकार खान दिनाले घरपरिवारमा सुख र समृद्धि प्राप्त हुने जनविश्वास छ। साथै, साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले वैतरणी नदी तारिदिने धार्मिक मान्यतासमेत रहेको छ ।

भगवान् श्रीकृष्णको जीवन पनि गाई र गोपाल संस्कृतिसँग अभिन्न रूपमा जोडिएकाले हिन्दु समाजमा गाईप्रतिको श्रद्धा उच्च रहेको पाइन्छ। गाईपूजाले मानिसमा पशुप्रति दया, माया र संरक्षणको भावना विकास गराउन प्रेरित गर्दछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
आज यमपञ्चकको चौथो दिन : गाईको पूजा आराधना

आज यमपञ्चकको चौथो दिन : गाईको पूजा आराधना

काठमाडौँ। तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गाईको पूजा आराधना गरिएको छ । पूजाका लागि स्थानीय जातका गाई नै हुनुपर्ने शास्त्रीय विधि रहेको छ । स्थानीय जातका गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सना...

#गाई #पूजा #यमपञ्चक
Compare →
Onlinekhabar
3d ago
आज यमपञ्चकको पाँचौँ दिन : गोवर्द्धन, बली, गोरु र हलिको पूजा

आज यमपञ्चकको पाँचौँ दिन : गोवर्द्धन, बली, गोरु र हलिको पूजा

२४ कात्तिक, काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वतका रूपमा …

#पूजा #गरी #यमपञ्चक
Compare →
Nagarik News
4d ago
छ सयभन्दा बढी गाईको सामूहिक पूजा

छ सयभन्दा बढी गाईको सामूहिक पूजा

यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ।

#गाई #पूजा
Compare →
Ekantipur
3d ago
म्हः पूजा : आफैंभित्रको भगवत् अंशको आराधना

म्हः पूजा : आफैंभित्रको भगवत् अंशको आराधना

नेवार समुदायले यमपञ्चकको चौथो दिन आफ्नै शरीरमा रहेको शक्ति र भगवत् अंशको पूजा गर्दै म्हः मनाउँछन् । म्हः पूजाको मौलिकता र नेपाल संवत्‌को महत्त्वबारे संस्कृतिविद् विजयशंकर प्रधानाङ्गसँग कुराकानी ।

#पूजा #आराधना
Compare →

Related Stories

Health & Wellness
Build #2611