Trending
Prev Story
Next Story

छ सयभन्दा बढी गाईको सामूहिक पूजा

Nagarik News •
November 09, 2026 • 12:29 PM
1
1 reads 0 reactions

यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ।

छ सयभन्दा बढी गाईको सामूहिक पूजा

यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ।

योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेका गाईलाई सोमबार स्थानीयलगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो।

प्रत्येक वर्ष गाई पूजाको अवसरमा यसरी गौशालामा गाईपूजा गर्ने गरिएको फाउन्डेसनका अध्यक्ष भोलानाथ योगीले बताए। सोही अनुरुप यो वर्ष पनि पूजा गरिएको उनको भनाइ थियो। ‘प्रत्येक वर्ष गाई तिहारको दिन यसरी गौशालामै पूजा गर्ने गरिन्थ्यो’, उनले भने, ‘यस वर्ष पनि सोहीअनुरुप गाई पूजा गरियो।’ साही दिन लक्ष्मीको हवन पूजासमेत गरिएको थियो।

साथै विभिन्न दाताहरूले गाईलाई खानासमेत प्रदान गरेका थिए। जहाँ विश्वविद्यालयको जग्गा भाडामा लिएर गौशाला सञ्चालनमा ल्याइएको छ। गौशाला सञ्चालनमा भने निकै चुनौती रहेको अध्यक्ष योगीले बताए। गाईगोरुलाई खानपानका लागि निकै समस्या हुने गरेको छ। त्यसका लागि विभिन्न दाताहरूको सहयोगले नै गौशाला चलिरहेको अध्यक्ष योगीको भनाइ छ।

प्रकाशित: २३ कार्तिक २०८३ १८:१४ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
विदेशी पाहुना र नेवार समुदायले गरे सामूहिक म्हः पूजा (तस्बिरहरु)

विदेशी पाहुना र नेवार समुदायले गरे सामूहिक म्हः पूजा (तस्बिरहरु)

ललितपुर : ललितपुरस्थित सङ्ग्रहालयभित्र विदेशी पाहुना र नेवारहरू सामूहिक रुपमा म्हः पूजा गरेका छन्। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले म्हः पूजा पर्व मनाउने गर्दछन्। ...

#पूजा #सामूहिक
Compare →
Onlinekhabar
2d ago
म्याग्दीको बालगृहका सामूहिक भाइटीका

म्याग्दीको बालगृहका सामूहिक भाइटीका

२५ कात्तिक, म्याग्दी । म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर बुधबार भाइटीका मनाएका हुन् । बालबालिकालाई …

#सामूहिक
Compare →
Ekantipur
3d ago
महाबौद्धको म्ह:पूजा [तस्बिरहरू]

महाबौद्धको म्ह:पूजा [तस्बिरहरू]

नेपाल भाषामा ‘म्ह:’ को अर्थ शरीर हो । त्यसैले म्ह:पूजालाई आफ्नै शरीर अर्थात् आत्माको पूजा गर्ने पर्वका रूपमा लिइन्छ । यस दिन मानिसले आफ्नो शरीर, स्वास्थ्य र दीर्घायुको कामना गर्दै पूजा गर्ने परम्परा छ ।

#पूजा
Compare →

Related Stories

World News
Build #2611