Trending
Prev Story
Next Story

तिहारको चौथो दिन गाईपूजा गरिँदै

Ekantipur •
November 09, 2026 • 01:31 AM
1
1 reads 0 reactions

हिन्दू परम्पराअनुसार गाईलाई मीठा परिकार खान दिँदै पूजा गरिन्छ र यसबाट पुण्य प्राप्त हुने विश्वास छ।

तिहारको चौथो दिन गाईपूजा गरिँदै

हिन्दू परम्पराअनुसार गाईलाई मीठा परिकार खान दिँदै पूजा गरिन्छ र यसबाट पुण्य प्राप्त हुने विश्वास छ।

काठमाडौँ — तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।

गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्व रहेको छ ।

धार्मिक परम्पराअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास छ । नेपालका केही स्थान र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गरिन्छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने परम्परा पनि छ । पछिल्लो समय गाईको अभावमा सङ्कल्प गरेर रकम राख्ने चलन बढेको धर्मशास्त्रका जानकार प्रा डा रामचन्द्र गौतमले बताए ।

गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ । आज पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास रहिआएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3d ago
आज भक्तपुरमा किजा पूजा गरिँदै

आज भक्तपुरमा किजा पूजा गरिँदै

भक्तपुर ।आज भक्तपुर लगायत अन्य नेवार समुदायमा किजा पूजा मनाइँदै छ । यस वर्षको स्वन्ति नखाः तिहार २०८३ मनाउने विषयमा भक्तपुर तलेजुका पूजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थाप...

#पूजा #गरिँदै
Compare →

Related Stories

World News
Build #2611