Trending
Prev Story
Next Story

तिहारको चौथो दिन गाईपूजा गरिँदै

Nagarik News •
November 09, 2026 • 12:17 AM
1
1 reads 0 reactions

तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ।गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गा

तिहारको चौथो दिन गाईपूजा गरिँदै

तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ।

गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ। गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ। गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्त्व छ।

धार्मिक परम्पराअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास छ। नेपालका केही स्थान र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गरिन्छ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने परम्परा पनि छ। पछिल्लो समय गाईको अभावमा सङ्कल्प गरेर रकम राख्ने चलन बढेको धर्मशास्त्रका जानकार प्राडा रामचन्द्र गौतमले बताए।

गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ। आज पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास रहिआएको छ।

प्रकाशित: २३ कार्तिक २०८३ ०६:०२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

बाँके । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम छैन । बाढीमा परी गाउँका पाँच जना ...

#तिहार
Compare →
Onlinekhabar
2d ago
तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

‎‎२५ कार्तिक, नुवाकोट । तिहारको मैझारोसँगै आएको वर्षा रोकिएपछि उत्तरी हिमश्रृंखला खुलेका छन् । भाइटीका सकिँदै गर्दा बुधबार दिउँसो परेको वर्षाले मौसम नुहाएपछि नुवाकोटबाट माछापुच्छ्रेदेखि जुगल हिमाल खुलस्त देखिए । एकैछिनको वर्षा रोकिएपछि घाम लाग्दा घमाइलो …

#तिहार
Compare →
Ekantipur
2d ago
गाउँको तिहार, परदेशको तिहार

गाउँको तिहार, परदेशको तिहार

विदेशमा बिताएका धेरै वर्षमध्ये तिहारकै दिन टीका लगाउने अवसर एक वर्ष मात्र जुरेको छ। अन्य वर्ष निधार खाली नै रहे ।

#तिहार
Compare →
Arthasansar
2d ago
तिहारको मुख्य दिन आज भाइटिका

तिहारको मुख्य दिन आज भाइटिका

यो वर्षको तिहारको मुख्य दिन आज भाइटिका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना...

#तिहार
Compare →

Related Stories

World News
Build #2611