Trending
Prev Story
Next Story

धनकुटामा कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ, ३ लाख १३ हजार बढी नगद बरामद

Ekantipur •
November 08, 2026 • 05:31 AM
1
1 reads 0 reactions

पाख्रीबास नगरपालिका–४ स्थित गणेश गुरुङको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा आइतबार राति करिब २ बजे जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

धनकुटामा कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ, ३ लाख १३ हजार बढी नगद बरामद

पाख्रीबास नगरपालिका–४ स्थित गणेश गुरुङको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा आइतबार राति करिब २ बजे जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

धनकुटा — धनकुटाको पाख्रीबासमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ ।

पाख्रीबास नगरपालिका–४ स्थित गणेश गुरुङको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा आइतबार राति करिब २ बजे जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक मयंक मिश्रको कमाण्डमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्थामा १६ वटा कौडासहित नगद १६ हजार ५ सय रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका १५ जनाको साथबाट थप २ लाख ९६ हजार ८ सय रुपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका–६ फलाटेका ४२ वर्षीय बुद्धिमान राई र ६५ वर्षीय डिकबहादुर बस्नेत, वडा नं. ८ मुगाका ३३ वर्षीय रञ्जित राई, ५३ वर्षीय सिंहराज घिसिङ, ३६ वर्षीय जीवन राई, ३४ वर्षीय दिनेश राई र ३८ वर्षीय नगेन्द्र राई छन् ।

त्यस्तै, पाख्रीबास नगरपालिका–४ का ३९ वर्षीय रविकुमार राई, ५२ वर्षीय लालबहादुर पाख्रिन, ४८ वर्षीय राजकुमार निरौला, ४६ वर्षीय पूर्णबहादुर गुरुङ, ४२ वर्षीय देवेन्द्र पौडेल र ४२ वर्षीया सुम्निमा लिम्बू पक्राउ परेका छन् । धनकुटा नगरपालिका–१ हिलेका ५३ वर्षीय नन्दकुमार तामाङ र ५८ वर्षीय टीकाराम तामाङ पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएर थप अनुसन्धान गरिरहेको जनाएको छ । जुवाको खालबाट बरामद गरिएको कुल नगद ३ लाख १३ हजार ३ सय रुपैयाँ रहेको डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
धनकुटामा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

धनकुटामा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

२४ कात्तिक, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. ९ लिसिम्बुमा कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गत राति अर्थात् सोमबार राति स्थानीय विष्णु घिसिङको घरमा जुवा खेलिरहेको …

#धनकुटा #खेलिरहे #जुवा
Compare →
Hamro Patro News
6d ago
काभ्रेमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ, ३ लाख ४५ हजार नगद बरामद

काभ्रेमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ, ३ लाख ४५ हजार नगद बरामद

काभ्रे : जिल्लाको पनौतीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई नगद सहित पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रबिन बिष्टले पनौती नगरपालिका–९ सुनथानस...

#खेलिरहे #अवस्थामा #नगद
Compare →
Arthasansar
4d ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#खेलिरहे #अवस्थामा #बरामद
Compare →
Nagarik News
5d ago
ढकमक्क फूलले ढाकियो धनकुटा

ढकमक्क फूलले ढाकियो धनकुटा

पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन्।

#धनकुटा
Compare →

Related Stories

Education & Youth
Build #2611