Trending
Prev Story
Next Story

जाडो बढेसँगै हिमाली चौरीगोठ सुनसान, बेसीमा चहलपहल

Onlinekhabar •
November 08, 2026 • 05:00 AM
1
1 reads 0 reactions

२२ कात्तिक, तेह्रथुम । जाडो बढेसँगै याक–चौरीका बथान बेसी झार्न थालिएपछि हिमाली भेगका खर्कहरू सुनसान बन्दै गएका छन् । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती बेसी क्षेत्रमा भने याक–चौरीका बथानसँगै गोठालाहरूको चहलपहल बढ्न थालेको छ । जाडो …

जाडो बढेसँगै हिमाली चौरीगोठ सुनसान, बेसीमा चहलपहल

२२ कात्तिक, तेह्रथुम । जाडो बढेसँगै याक–चौरीका बथान बेसी झार्न थालिएपछि हिमाली भेगका खर्कहरू सुनसान बन्दै गएका छन् । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती बेसी क्षेत्रमा भने याक–चौरीका बथानसँगै गोठालाहरूको चहलपहल बढ्न थालेको छ ।

जाडो छल्न किसानहरूले संखुवासभाको नुनढाकी, मादीको माथिल्लो क्षेत्र तथा तेह्रथुमको श्रीजुङ र मोराहाङका माथिल्लो क्षेत्रमा रहेका याक–चौरीका गोठ बेसी झारेका छन् ।

केही महिनाअघिसम्म याक–चौरीका घण्टी बज्ने, गोठालाहरूको आवाज सुनिने र चरनमा रमाउने चौरीका बथानले भरिभराउ हुने मिल्के, जलजले र तोक्पेगोला आसपासका उच्च खर्क अहिले क्रमशः खाली हुँदै गएका छन् ।

उच्च हिमाली क्षेत्रमा हिउँ पर्न थालेपछि चौरीका लागि चरन कठिन हुन्छ । पानीका मुहान जम्ने, चिसो हावा चल्ने र रातको तापक्रम शून्य डिग्रीसम्म झर्ने भएकाले त्यहाँ चौरीसँगै गोठालाहरूलाई पनि बस्न कठिन हुन्छ । यही कारण याक–चौरीपालक किसानहरू वर्षौंदेखि मौसमअनुसार गोठ सार्दै आएका छन् ।

ताप्लेजुङको तोक्पेगोलाबाट याक–चौरीका बथान लिएर बेसी झरेका लाबाङ भोटेले एक महिनाको पैदल यात्रापछि चौरीका बथान बेसी झारेको बताए ।

‘हिउँ परेपछि चौरी मात्र होइन, मानिसलाई समेत बस्न गाह्रो हुन्छ । हामी एक महिनाको पैदल यात्रापछि याक–चौरी बेसी झारेका हौँ । यो उधौलीको समय हो,’ उनले भने, ‘करिब चार महिनासम्म यहीँ राखेर फेरि माथिल्लो खर्कमा लैजान्छौँ ।’

मौसम अनुकूल भएपछि पुनः उच्च खर्क फर्कनु उनीहरूको परम्परागत जीवनशैली हो । पुस्तौँदेखि चल्दै आएको यही अभ्यासले हिमाली क्षेत्रको पशुपालन र स्थानीय अर्थतन्त्रलाई निरन्तरता दिँदै आएको योक्पु भोटे बताउँछन् ।

उच्च खर्कबाट बेसी झरेका किसानले अस्थायी गोठ बनाएर चौरी चराउन थालेका छन् । साथै, दूधजन्य परिकार उत्पादनको काम पनि सुरु गरेका छन् । केही समयअघिसम्म सुनसान रहने यी क्षेत्रमा अहिले गोठालाहरूको आवतजावत र पशुचौपायाको चहलपहल बढेको गुफा बजारकी हिमा खनालले बताइन् ।

याक–चौरीपालन यस क्षेत्रका किसानको परम्परागत पेसा मात्र नभई आम्दानीको महत्त्वपूर्ण आधारसमेत हो । चौरीको दूधबाट घ्यू, मही र छुर्पी उत्पादन गरिन्छ । यी उत्पादन स्थानीय बजारदेखि बाहिरी बजारसम्म बिक्री हुने गरेका छन् । याक तथा चौरीको बिक्री र प्रजननबाट पनि किसानले आम्दानी गर्दै आएका छन् ।

तर पछिल्लो समय याक–चौरीपालन व्यवसायले बजारको समस्या भोगिरहेको छ । विशेषगरी चीनसँगको सीमा व्यापार सहज नहुँदा याक–चौरी तथा तिनबाट उत्पादित वस्तुको बजार प्रभावित भएको किसानहरूको गुनासो छ । विगतमा सीमापार व्यापारबाट समेत आम्दानी गर्दै आएका किसान अहिले बजारको सीमितताका कारण समस्यामा परेको तेन्जिङ शेर्पाले बताए ।

चौरीपालनमा चरन क्षेत्रको उपलब्धता, पशु स्वास्थ्य उपचार र बजार पहुँच प्रमुख चुनौतीका रूपमा देखिएका छन् । उच्च खर्कदेखि बेसीसम्म चौरी चराउन उपयुक्त क्षेत्र आवश्यक पर्ने भए पनि सबै ठाउँमा पर्याप्त चरन क्षेत्र उपलब्ध छैन । बिरामी पशुको उपचारका लागि सहज सेवा नहुँदा पनि किसानले थप जोखिम बेहोर्नुपरेको बताउँछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1w ago
जाडो सुरु भएसँगै फेरि बढ्न थाल्यो वायु प्रदूषण

जाडो सुरु भएसँगै फेरि बढ्न थाल्यो वायु प्रदूषण

युनिसेफको नयाँ प्रतिवेदनअनुसार नेपालका ९९ लाख बालबालिका अस्वस्थकर वायु प्रदूषणको जोखिममा छन् ।

#जाडो
Compare →
Hamro Patro News
1w ago
जाडोमा वायु प्रदूषण बढ्ने जोखिम, प्लास्टिकजन्य फोहर नबाल्न महानगरको आग्रह

जाडोमा वायु प्रदूषण बढ्ने जोखिम, प्लास्टिकजन्य फोहर नबाल्न महानगरको आग्रह

काठमाडौँ महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ । वातावरण विभागका प्रमुख सरिता राईका अनुसार वायु प्र...

#जाडो
Compare →

Related Stories

Science & Climate
Build #2611