Trending
Prev Story
Next Story

तेह्रथुममा अलपत्र मध्यपहाडी लोकमार्गको प्रगति नभए ठेक्का रद्द गरिने

Onlinekhabar •
November 13, 2026 • 03:30 AM
1
1 reads 0 reactions

२७ कात्तिक, तेह्रथुम । सडक निर्माण सुरु भएको एक दशकभन्दा बढी समय बितिसक्यो । पटक-पटक म्याद थपियो, निर्माण कम्पनी फेरिए र काम सम्पन्न गर्ने प्रतिबद्धता पनि दोहोरिए । तर, तेह्रथुमको फेदाप गाउँपालिकास्थित खोरुङ्गा खोला–यावरा सडक …

तेह्रथुममा अलपत्र मध्यपहाडी लोकमार्गको प्रगति नभए ठेक्का रद्द गरिने

२७ कात्तिक, तेह्रथुम । सडक निर्माण सुरु भएको एक दशकभन्दा बढी समय बितिसक्यो । पटक-पटक म्याद थपियो, निर्माण कम्पनी फेरिए र काम सम्पन्न गर्ने प्रतिबद्धता पनि दोहोरिए । तर, तेह्रथुमको फेदाप गाउँपालिकास्थित खोरुङ्गा खोला–यावरा सडक खण्डको अवस्था भने अझै फेरिएको छैन । वर्षायाममा हिलाम्मे हुने सडक र ठाउँठाउँमा बनेका खाल्डाखुल्डीका कारण स्थानीयवासी तथा यात्रुले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यो सडक खण्डको निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न पछिल्लो पटक सम्बन्धित निकायले स्थलगत अनुगमन गरेको छ । लोकमार्ग आयोजना कार्यालयका कर्मचारी, जिल्ला प्रशासन, प्रहरी, स्थानीय सरकार र निर्माण कम्पनीका प्रतिनिधिसहितको टोलीले सडकको अवस्था र निर्माण प्रगति निरीक्षण गर्दै समयमै काम सम्पन्न नगरे ठेक्का रद्द गर्ने चेतावनी दिएको छ ।

२०७२ साल भदौ ३१ गते गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीसँग ठेक्का सम्झौता भएको उक्त सडक २०७४ सालभित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, सम्झौता भएको ११ वर्ष बितिसक्दा पनि सडक कालोपत्रे हुन सकेको छैन । पटक-पटक म्याद थपिए पनि निर्माणले गति लिन नसक्दा स्थानीयले सहज यातायात सुविधाबाट वञ्चित हुनुपरेको छ ।

सडकको दयनीय अवस्थाले स्थानीयवासीसँगै यातायात व्यवसायीसमेत प्रभावित छन् । हिलो र खाल्डाखुल्डीका कारण सवारीसाधन बिग्रिने, मर्मत खर्च बढ्ने र यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । सडकको अवस्थाकै कारण दैनिक आवतजावतदेखि स्थानीय उत्पादनको ढुवानीसम्म प्रभावित हुँदै आएको छ ।

लामो समयसम्म निर्माणले गति लिन नसकेपछि पछिल्लो पटक जिम्मेवारी पाएको कन्टेक प्रालिले पनि अपेक्षित प्रगति गर्न सकेको छैन । यही महिनाको मसान्तमा ठेक्का सम्झौताको म्याद समाप्त हुँदैछ । त्यसैले आयोजना कार्यालयले ठेक्कालाई निरन्तरता दिने वा रद्द गर्ने भन्ने विषयमा स्थलगत अनुगमन गरेको हो ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय फिदिमका प्रमुख सञ्जयकुमार मिश्रले अब पनि निर्माणमा उल्लेख्य प्रगति नभए ठेक्का रद्द गरेर नयाँ प्रक्रियामा जाने बताए । उनका अनुसार एक महिनाभित्र काममा सन्तोषजनक प्रगति नभए ठेक्का तोड्ने तयारी गरिएको छ ।

मध्यपहाडी लोकमार्ग तेह्रथुमको आर्थिक तथा सामाजिक विकाससँग प्रत्यक्ष जोडिएको आयोजना भएकाले निर्माणमा भइरहेको ढिलासुस्ती अब स्वीकार्य नहुने प्रमुख जिल्ला अधिकारी अशोक काफ्लेको भनाइ छ । उनले सडक निर्माणलाई शीघ्र अगाडि बढाउन निर्माण कम्पनी, आयोजना कार्यालय र सम्बन्धित सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।

यता, गत वैशाखमा निर्माणको जिम्मेवारी पाएको कन्टेक प्रालिले भने हालसम्म करिब ८० प्रतिशत भौतिक प्रगति हासिल गरेको दाबी गरेको छ । कम्पनीका अनुसार नाली निर्माण, पर्खाल लगाउने तथा बेस बिछ्याउनेलगायतका काम सम्पन्न भएका छन् ।

आवश्यक स्रोतसाधनको अभावका कारण निर्माणमा ढिलाइ भएको स्वीकार गर्दै कम्पनीका प्रतिनिधि हरिबाबु पन्तले आगामी फागुनसम्ममा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । तर, निर्माण कम्पनीको प्रतिबद्धता र आयोजनाको वास्तविक अवस्थाबीचको दूरीले स्थानीयवासीमा आशा र निराशा दुवै पैदा गरेको छ ।

यसअघि पनि पटक–पटक म्याद थपिँदै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त भएका थिए । ती प्रतिबद्धता कार्यान्वयन हुन नसक्दा स्थानीयले सडकको सास्तीबाट मुक्ति पाउन सकेका छैनन् ।

पहाडी क्षेत्रको आर्थिक तथा सामाजिक विकासको मेरुदण्ड मानिएको राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग तेह्रथुम जिल्लामा मात्रै करिब १ सय १९ किलोमिटर लम्बाइमा फैलिएको छ । त्यसमध्ये हालसम्म करिब ९५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने बाँकी खण्ड निर्माणकै क्रममा छन् ।

मध्यपहाडी लोकमार्गले जिल्लाका विभिन्न बस्तीलाई जोड्नुका साथै कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधिलाई गति दिने अपेक्षा गरिएको छ । तर, वर्षौंदेखि सडक निर्माण अधुरो रहँदा त्यसबाट प्राप्त हुनुपर्ने विकासको लाभ नागरिकले सहज रूपमा लिन पाएका छैनन् । खोरुङ्गा खोला–यावरा सडक खण्डको पछिल्लो अनुगमनले निर्माणलाई गति दिने र स्थानीयवासीले भोग्दै आएको सास्ती अन्त्य गर्ने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
दुई पटक ठेक्का रद्द हुँदा सुनकोशी–मरिन आयोजना अन्योलमा, समय र लागत दुवै बढ्ने जोखिम

दुई पटक ठेक्का रद्द हुँदा सुनकोशी–मरिन आयोजना अन्योलमा, समय र लागत दुवै बढ्ने जोखिम

काठमाण्डौ । राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना ठेक्का प्रक्रियामा आएको अवरोधका कारण पुनः...

#पटक #ठेक्का #रद्द
Compare →
Hamro Patro News
3d ago
इरानसँगको कूटनीतिक वार्तामा उल्लेखनीय प्रगति नभएको अमेरिकी विदेशमन्त्री रुबियोको भनाइ

इरानसँगको कूटनीतिक वार्तामा उल्लेखनीय प्रगति नभएको अमेरिकी विदेशमन्त्री रुबियोको भनाइ

काठमाडौँ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी कुटनीतिक प्रयासमा उल्लेखनीय प्रगति हुन नसकेको बताउनुभएको छ । आईतवार फ्लोरिडाबाट फ्रान्स प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँ...

#प्रगति #नभए
Compare →
Nagarik News
1w ago
२०० आयोजनाको ठेक्का रद्द

२०० आयोजनाको ठेक्का रद्द

तोकिएको समयमा काम नगरी अलपत्र पारेका पूर्वाधारसँग सम्बन्धित करिब दुई सय आयोजनाको ठेक्का सरकारले तोडेको छ।

#ठेक्का #रद्द
Compare →
Ekantipur
1w ago
खानेपानी, भवन र सडकका अलपत्र ठेक्का तोडिने

खानेपानी, भवन र सडकका अलपत्र ठेक्का तोडिने

पूर्वाधार विकास मन्त्रालय मातहत रहेका सडक विभागतर्फ १ सय ६०, सहरी विकास तथा भवन विभागतर्फ ८ र खानेपानी तथा ढल व्यवस्थापन विभागतर्फ ७ वटा ठेक्का रुग्ण छन् ।

#अलपत्र #ठेक्का
Compare →

Related Stories

National (Nepal)
Build #2612