Trending
Prev Story
Next Story

के राति रोइरहने बच्चालाई सुताउन ‘ह्वाइट नोइज’ उपयुक्त हुन्छ ?

Onlinekhabar •
November 13, 2026 • 07:30 AM
1
1 reads 0 reactions 4 comments

रातको समयमा शिशु लगातार रोइरहने, पटक–पटक ब्युँझिने र लामो समयसम्म निदाउन नसक्ने समस्या धेरै अभिभावकका लागि चुनौती हो । विशेषगरी नवजात शिशु र ६ महिनाभन्दा कम उमेरका बालबालिकामा निद्राको अनियमितता देखिन्छ । यस्तो अवस्थामा पछिल्लो समय …

के राति रोइरहने बच्चालाई सुताउन ‘ह्वाइट नोइज’ उपयुक्त हुन्छ ?

रातको समयमा शिशु लगातार रोइरहने, पटक–पटक ब्युँझिने र लामो समयसम्म निदाउन नसक्ने समस्या धेरै अभिभावकका लागि चुनौती हो ।

विशेषगरी नवजात शिशु र ६ महिनाभन्दा कम उमेरका बालबालिकामा निद्राको अनियमितता देखिन्छ । यस्तो अवस्थामा पछिल्लो समय नेपालसहित विश्वभरका अभिभावकबीच एउटा प्रविधि लोकप्रिय हुँदै गएको छ– ‘ह्वाइट नोइज’ अर्थात् सेतो आवाज।

मोबाइल एप, युट्युब, साउन्ड मेसिन तथा विभिन्न डिजिटल उपकरणमार्फत उपलब्ध हुने यो आवाजले शिशुलाई शान्त पार्ने, रुवाइ कम गर्ने र निदाउन सहयोग गर्ने दाबी गरिन्छ । तर के वास्तवमै ‘ह्वाइट नोइज’ ले शिशुलाई राम्रोसँग सुताउँछ ? यसले मस्तिष्कको विकासमा कस्तो प्रभाव पार्छ ? यसको प्रयोग सुरक्षित छ कि छैन ? यी प्रश्नको उत्तर वैज्ञानिक दृष्टिकोणबाट बुझ्न आवश्यक छ ।

‘ह्वाइट नोइज’ भनेको मानिसले सुन्न सक्ने विभिन्न आवृत्तिका ध्वनिहरूलाई लगभग समान तीव्रताका साथ मिसाएर तयार गरिएको निरन्तर आवाज हो । यसलाई रेडियोमा च्यानल नमिल्दा सुनिने आवाज, पंखा चलेको आवाज, पानीको निरन्तर बहाव वा पहिलेका टेलिभिजनको सिग्नल नमिल्दा आउने आवाजसँग तुलना गर्न सकिन्छ ।

यसको मुख्य विशेषता भनेको यसले वरिपरिका अचानक आउने आवाजहरूलाई पृष्ठभूमिको निरन्तर ध्वनिमा मिसाएर कम ध्यानाकर्षक बनाउनु हो । उदाहरणका लागि, बच्चा सुतिरहेको बेला ढोका बन्द भएको, गाडी गुडेको वा मानिस बोलेको आवाजले उसलाई ब्यूँझाउन सक्छ । तर निरन्तर कम आवाजमा बजिरहेको ‘ह्वाइट नोइज’ ले यस्ता आकस्मिक आवाजसँगको भिन्नता कम गर्न सक्छ ।

१. वरिपरिका आकस्मिक आवाजलाई पृष्ठभूमिको निरन्तर आवाजले ढाक्छ ।

२. निरन्तर एउटै प्रकारको आवाज सुन्दा मस्तिष्कले त्यसलाई कम ध्यान दिन थाल्छ।

३. सुत्ने वातावरणमा एकनासको ध्वनि कायम राख्न मद्दत गर्छ ।

४. बाहिरी आवाजका कारण अचानक ब्युँझिने सम्भावना केही अवस्थामा कम हुन सक्छ।

यद्यपि ‘ह्वाइट नोइज’ ले मस्तिष्कमा निद्रा नियन्त्रण गर्ने केन्द्रलाई प्रत्यक्ष सक्रिय बनाउँछ वा मेलाटोनिन बढाउँछ भन्ने कुरा पूणरूपमा प्रमाणित भएको छैन।

गर्भावस्थाको वातावरण र ‘ह्वाइट नोइज’ बीचको सम्बन्ध

गर्भमा रहेको शिशुले आमाको शरीरभित्र विभिन्न प्रकारका ध्वनि अनुभव गर्छ । आमाको मुटुको धड्कन, रक्तसञ्चार, श्वासप्रश्वास तथा शरीरभित्र उत्पन्न हुने ध्वनिहरू बच्चाले सुनिरहेको हुन्छ । जन्मपछि शिशु अचानक बाहिरी संसारका नयाँ आवाज, प्रकाश र वातावरणसँग अनुकूल हुनुपर्ने हुन्छ । त्यसैले केही नवजात शिशु निरन्तर र एकनासको ध्वनि भएको वातावरणमा शान्त हुन सक्छन् । तर गर्भमा सुनिने आवाज र डिभाइसबाट बजाइने आवाज एउटै होइनन्।

गर्भाशयभित्रको ध्वनि वातावरण जटिल हुन्छ र शरीरका तन्तुबाट छानिएर शिशुसम्म पुग्छ । त्यसैले ‘ह्वाइट नोइज’ लाई गर्भको वातावरणको पूर्ण विकल्प मान्न मिल्दैन ।

नवजात शिशु र साना बालबालिकामा यसको उपयोग

१. निदाउन कठिनाइ हुने शिशुमा केही शिशु शान्त र एकनासको ध्वनि वातावरणमा छिटो निदाउन सक्छन् ।

२. बारम्बार ब्युँझिने शिशुमा बाहिरी वातावरणको आकस्मिक आवाजका कारण निद्रा टुट्ने अवस्थामा उपयोगी हुन सक्छ।

३. साँझपख बढी रुने शिशुमा केही शिशुमा निरन्तर कम आवाजले शान्त पार्न मद्दत गर्न सक्छ। तर सबै शिशुमा यसको प्रभाव समान हुँदैन ।

४. वातावरणीय आवाज बढी हुने घरमा सवारीसाधन, मानिसको कुराकानी तथा अन्य बाहिरी आवाजले निद्रामा बाधा पुर्‍याउने अवस्थामा यसको सीमित उपयोग हुन सक्छ । तर ध्यान दिनुपर्ने कुरा के हो भने, ‘ह्वाइट नोइज’ ले शिशुको पेट दुख्ने, भोक लाग्ने, संक्रमण हुने वा अन्य चिकित्सकीय कारणले हुने रुवाइको उपचार गर्दैन।

शिशु लामो समयसम्म असामान्य रूपमा रोइरहन्छ भने त्यसको अन्य कुनै कारण हुन सक्छ । त्यो कारण पहिचान गर्नु आवश्यक हुन्छ । यस्तो अवस्थामा कहिलेकाँही रुवाइको कारण पत्ता लगाउन चिकित्सकीय जाँचको पनि आवश्यकता पर्न सक्छ ।

निरन्तर आइरहने एकै खालको सबै आवाजलाई ‘ह्वाइट नोइज’ भन्न मिल्दैन । ध्वनिको आवृत्ति र ऊर्जा वितरणका आधारमा विभिन्न प्रकारका आवाज हुन्छन्।

यसमा सुन्न सकिने आवृत्तिहरूमा लगभग समान शक्ति हुन्छ । रेडियोको सुस्स आवाज र इलेक्ट्रोनिक हिजजस्तो सुनिन्छ।

यसमा कम आवृत्तिमा बढी र उच्च आवृत्तिमा क्रमशः कम शक्ति हुन्छ । पानीको झरी वा हावाको निरन्तर आवाजसँग मिल्दोजुल्दो अनुभव हुन सक्छ।

यसमा कम आवृत्तितर्फ अझ बढी शक्ति हुन्छ । गहिरो गर्जन, समुद्री छाल वा भारी हावाको आवाजजस्तो सुनिन सक्छ ।

यसमा उच्च आवृत्तितर्फ बढी शक्ति हुन्छ । यसको आवाज तुलनात्मक रूपमा तीखो र चर्को सुनिन सक्छ । यी आवाजमध्ये कुनै एउटा प्रकार सबै शिशुका लागि सबैभन्दा राम्रो हुन्छ भन्ने पर्याप्त वैज्ञानिक प्रमाण छैन ।

‘ह्वाइट नोइज’ को सबैभन्दा महत्त्वपूर्ण पक्ष यसको आवाजको तीव्रता र प्रयोग गर्ने समय हो । अत्यधिक चर्को आवाज वा लामो समयसम्म नजिकैबाट ध्वनि सुन्नाले शिशुको श्रवण प्रणालीमा नकारात्मक असर पर्न सक्छ ।

अत्यधिक ध्वनि तीव्रता र लामो समयको सम्पर्कले श्रवण क्षति गराउन सक्छ । यस्तो बानी लगाउँदा शिशुहरू जहिले पनि यस्तो आवाज सुनेपछि मात्रै निदाउने बानी बस्न सक्छ । यस्ता आवाज उपलब्ध नभएको खण्डमा निदाउन कठिन पर्ने समस्या रहन सक्छ ।

निरन्तर आवाजले प्राकृतिक वातावरणीय ध्वनिसँगको सम्पर्क घटाउन सक्छ । आवाज चर्को बनाउँदा झन शिशुलाई असर परिरहेको हुन सक्छ ।

२. शिशुको टाउको वा कानको छेउमा मोबाइल वा डिभाइस राख्नु हुँदैन।

३. उपकरणलाई शिशुको खाट वा शिरबाट कम्तीमा २ मिटर टाढा राख्नु उचित हुन्छ।

४. सम्भव भएसम्म सुताउने समयमा मात्र प्रयोग गर्नुपर्छ, रातभरि अनावश्यक रूपमा निरन्तर बजाइराख्नु हुँदैन ।

५. शिशु धेरे रोएको छ भन्दैमा आवाज चर्को बनाएर शिशुको रुवाइ दबाउने प्रयास गर्नु हुँदैन ।

६. मोबाइल, तार, इयरफोन वा अन्य उपकरण शिशुको पहुँचमा राख्नु हुँदैन ।

७. शिशु असामान्य रूपमा रोइरहेमा, ज्वरो आएमा, दूध नखाएमा वा श्वासप्रश्वासमा समस्या भएमा ‘ह्वाइट नोइज’ प्रयोग गरेर मात्र बस्नु हुँदैन।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
5d ago
स्टिफन मिलर ह्वाइट हाउसको नयाँ चिफ अफ स्टाफ बनेपछि अमेरिकामा ग्रिनकार्ड नियम थप कडा बन्ने संकेत

स्टिफन मिलर ह्वाइट हाउसको नयाँ चिफ अफ स्टाफ बनेपछि अमेरिकामा ग्रिनकार्ड नियम थप कडा बन्ने संकेत

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासनको कट्टर विरोधी नीतिका मुख्य योजनाकार स्टिफन मिलरलाई ह्वाइट हाउसको नयाँ चिफ अफ स्टाफ नियुक्त गरेका छन् । हालै सम्पन्न मध्यावधि निर्वाचनमा रिप...

#ह्वाइट
Compare →
Nagarik News
6d ago
चुनावी हारपछि ट्रम्पको दाउः विश्वासपात्र मिलरलाई दिए ‘ह्वाइट हाउस’ को कमान्ड

चुनावी हारपछि ट्रम्पको दाउः विश्वासपात्र मिलरलाई दिए ‘ह्वाइट हाउस’ को कमान्ड

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि मिलरको नियुक्तिलाई ट्रम्प प्रशासन थप आक्रामक रूपमा प्रस्तुत हुने सङ्केतका रूपमा हेरिएको छ।

#ह्वाइट
Compare →

Related Stories

Technology
Build #2611