Trending
Prev Story
Next Story

चुनावी हारपछि ट्रम्पको दाउः विश्वासपात्र मिलरलाई दिए ‘ह्वाइट हाउस’ को कमान्ड

Nagarik News •
November 07, 2026 • 09:12 AM
1
1 reads 0 reactions

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि मिलरको नियुक्तिलाई ट्रम्प प्रशासन थप आक्रामक रूपमा प्रस्तुत हुने सङ्केतका रूपमा हेरिएको छ।

चुनावी हारपछि ट्रम्पको दाउः विश्वासपात्र मिलरलाई दिए ‘ह्वाइट हाउस’ को कमान्ड

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो आप्रवासन नीतिका प्रमुख योजनाकार स्टिफन मिलरलाई नयाँ चिफ अफ स्टाफ (प्रमुख कर्मचारी) नियुक्त गरेका छन्।

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेको थियो। त्यसपछि आफ्नै विश्वासिला पात्र मिलरलाई ‘चिफ अफ स्टाफ’ नियुक्ति दिएपछि ट्रम्प प्रशासन थप आक्रामक हुन सक्ने देखिएको छ।

४१ वर्षीय मिलरले सुसी वाइल्सको स्थान लिनेछन्। यस साताको सुरुमा डेमोक्रेटिक पार्टीको उल्लेखनीय जितपछि ह्वाइट हाउसबाट बाहिरिने वाइल्स पहिलो उच्चपदस्थ अधिकारी बनेकी छन्।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार उनले बिहीबार राति नै राजीनामा दिएकी थिइन्।

मिलर ट्रम्पका निकट र विश्वासिला सहयोगी हुन्। उनले ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिअनुरूप आप्रवासन नीतिको वकालत गर्दै आएका छन्। नीतिसम्बन्धी उपप्रमुख र आन्तरिक सुरक्षा सल्लाहकारका रूपमा उनी राष्ट्रपतिको दोस्रो कार्यकालमा अघि बढाइएको बृहत् देशनिकाला कार्यक्रमका प्रमुख योजनाकार थिए।

आप्रवासन अधिकारीहरूले गत जनवरीमा मिनियापोलिसमा दुई प्रदर्शनकारीको गोली हानी हत्या गरेपछि मिलरको व्यापक आलोचना भएको थियो। उनले ती अधिकारीहरूको बचाउ गरेका थिए। उक्त घटनापछि अमेरिकाका विभिन्न स्थानमा विरोध प्रदर्शन भएका थिए।

डेमोक्रेटिक पार्टीका अल्पमत नेता चक शुमरले मिलरको नियुक्तिको आलोचना गर्दै उनी प्रशासनका कठोर नीतिका प्रमुख योजनाकार भएको टिप्पणी गरेका छन्। उनले डेमोक्रेटिक पार्टीले मिलरका कदमको हरेक तहमा विरोध गर्ने बताएका छन्।

मिलरको नियुक्तिबारे पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले परिवर्तन आवश्यक भएकाले यस्तो निर्णय गरेको बताए। उनले मिलरलाई उत्कृष्ट योद्धा र सुरुदेखिकै विश्वासिलो सहयोगीका रूपमा प्रशंसा गरे

यसअघि ट्रम्पले वाइल्सले उत्कृष्ट काम गरेको भन्दै उनी अब आफ्नो राजनीतिक अभियानमा संलग्न हुने बताएका थिए। वाइल्स ह्वाइट हाउसको चिफ अफ स्टाफ बन्ने पहिलो महिला थिइन्।

उनले ट्रम्पको पहिलो कार्यकालमा देखिएको कर्मचारीबीचको कलह र अव्यवस्थालाई दोस्रो कार्यकालमा नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।

वाइल्सले सामाजिक सञ्जाल एक्समा ह्वाइट हाउसमा ट्रम्पको सेवा गर्न पाउनु आफ्नो जीवनकै ठूलो सम्मान भएको बताउँदै शुक्रबार आफ्नो अन्तिम कार्यदिन रहेको जानकारी दिएकी थिइन्।

यसैबीच, ट्रम्पले सीबीएस न्युजको कार्यक्रम ६० मिनेटका लागि दिएको अन्तर्वार्तामा प्रशासनमा थप केही कर्मचारी परिवर्तन गर्न सक्ने सङ्केत गरेका छन्।

प्रकाशित: २१ कार्तिक २०८३ १४:५७ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
मध्यावधि निर्वाचनको हारपछि झनै कडा हुने ट्रम्पको संकेत

मध्यावधि निर्वाचनको हारपछि झनै कडा हुने ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको पार्टी रिपब्लिकनले मध्यावधि निर्वाचनमा मतदाताले दिएको अप्रत्याशित धक्काको जवाफमा थप कडा हुने संकेत गरेका छन्।

#ट्रम्प #मध्यावधि #हारपछि
Compare →
Onlinekhabar
3d ago
चुनावी हारपछि आप्रवासन नीतिमा ट्रम्पको द्विविधा, दक्षिण एसियालीमाथि घृणा बढ्दो

चुनावी हारपछि आप्रवासन नीतिमा ट्रम्पको द्विविधा, दक्षिण एसियालीमाथि घृणा बढ्दो

२४ कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा पराजयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा केही लचकता अपनाउन सकिने संकेत दिए। तर त्यसको भोलिपल्टै उनले गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेकालाई आममाफी नदिने र देशनिकाला नीति परिवर्तन नहुने …

#ट्रम्प #चुनावी #हारपछि
Compare →
Ekantipur
3d ago
कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

इरानको नेतृत्व संरचना ध्वस्त भएको दाबी गर्दै ट्रम्पले परमाणु कार्यक्रम निरस्त्रीकरणका लागि दीर्घकालीन समाधान खोजिरहेको बताए

#ट्रम्प
Compare →
Arthasansar
3d ago
इरानलाई ट्रम्पको चेतावनी : ‘आवश्यक परे फेरि सैन्य कारबाही गर्न तयार छौँ’

इरानलाई ट्रम्पको चेतावनी : ‘आवश्यक परे फेरि सैन्य कारबाही गर्न तयार छौँ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक हतियार उत्पादन गर्ने क्षमता करिब ८५ प्रतिशतले कमजोर बनाइएको दाबी गर्दै आवश्यक परे पुनः...

#ट्रम्प
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प
Compare →

Related Stories

World News
Build #2611