Trending
Prev Story
Next Story

आईटीयूमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : सञ्चारमन्त्री

Onlinekhabar •
November 13, 2026 • 07:30 AM
1
1 reads 0 reactions

२७ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)को महासम्मेलन (आईटीयू पीपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन् । कतारको दोहामा जारी सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि आज …

आईटीयूमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : सञ्चारमन्त्री

२७ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)को महासम्मेलन (आईटीयू पीपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन् ।

कतारको दोहामा जारी सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटमा उनले उदीयमान प्रविधिको प्रयोगमार्फत विकासशील राष्ट्रमा देखिएको ‘डिजिटल डिभाइड’लाई कम गर्ने र प्रविधिको पहुँच बढाउने विषयमा नेपालले आफ्नो धारणा प्रस्तुत गरेको जानकारी दिए ।

सम्मेलनका क्रममा सूचना प्रविधि र टेलिकम क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेका देशसँग आगामी दिनमा डिजिटल रुपान्तरणका बारेमा सहकार्य र साझेदारी अभिवृद्धि गर्नेबारेमा पनि छलफल भएको उनले जानकारी दिए ।

“सूचना प्रविधिका क्षेत्रमा पहुँच विस्तार हुँदै जानुपर्नेमा विभिन्न कारणले त्यो पहुँच खुम्चिँदै गएको पनि पाइएको छ । सूचना प्रविधिको पहुँच कसरी विस्तार गर्ने भन्नेमा द्विपक्षीय छलफल भयो”, उनले भने ।

मन्त्री तिमिल्सिनाले मलेसिया, इस्टोनिया, कतार, चीन, भारत तथा रुसलगायत देशका मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्रीसँग द्विपक्षीय भेटघाट र महत्वपूर्ण छलफल भएको जानकारी दिँदै नेपालको आवश्यकता र रुचिअनुसार विभिन्न देशसँग सूचना प्रविधि र टेलिकम क्षेत्रमा सहकार्य तथा साझेदारीका विषयमा विचारविमर्श भएको स्पष्ट पारे ।

बाढी, पहिरो र भूकम्पजस्ता विपद्का बेला सञ्चार प्रणालीलाई कसरी निर्वाध रूपमा चालु राख्ने भन्नेबारेमा सम्मेलनमा व्यापक छलफल भएको मन्त्री तिमिल्सिनाले जानकारी दिए । त्यस क्रममा नेपालका तर्फबाट मन्त्री तिमिल्सिनाले विपद्को समयमा सञ्चारको भूमिका झनै महत्वपूर्ण हुने कुरामा जोड दिँदै नीतिगत मन्तव्य प्रस्तुत गरेका थिए ।

मन्त्री तिमिल्सिनाले विकासोन्मुख तथा अल्पविकसित मुलुकलाई डिजिटल रूपान्तरणको प्रक्रियामा पछाडि पर्न नदिन लक्षित प्राविधिक सहायता, प्रविधि हस्तान्तरण तथा सहुलियतपूर्ण वित्तीय सहयोग आवश्यक रहेकामा जोड दिएका थिए ।

विश्वव्यापी डिजिटल रूपान्तरणले नयाँ अवसर सिर्जना गरे पनि कम्प्युटिङ क्षमता, दक्ष जनशक्ति, लगानी तथा प्रविधिमा असमान पहुँचका कारण विकासोन्मुख मुलुक थप पछाडि पर्ने जोखिम रहेको उनको भनाइ थियो ।

डिजिटल पहुँचमा रहेको असमानतासँगै कृत्रिम बौद्धिकता, फाइभजीलगायत उदीयमान प्रविधिमा पहुँचका आधारमा नयाँ प्रकारको डिजिटल विभाजन सिर्जना भइरहेको जनाउँदै मन्त्री तिमिल्सिनाले डिजिटल रूपान्तरणको लाभ सबै देश तथा समुदायमा समान रूपमा पुर्‍ याउन अन्तरराष्ट्रिय सहकार्य अपरिहार्य रहेकामा जोड दिएका थिए ।

इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले दूरसञ्चार क्षेत्रमा विश्वव्यापी रुपमा नीति निर्माणको काम गर्दै आइरहेको छ । आईटीयूमा १९४ देश सदस्य राष्ट्र छन् ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
10h ago
आइटियुमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : मन्त्री तिमिल्सिना

आइटियुमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : मन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु)को महासम्मेलन (आइटियु पिपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन्। कतारको दोहामा जार...

#सहभागिता #अर्थपूर्ण #सूचना
Compare →
Nagarik News
4d ago
आईटीयू महासम्मेलनमा नेपालको नेतृत्व गर्दै सञ्चारमन्त्री तिमिल्सिना दोहामा

आईटीयू महासम्मेलनमा नेपालको नेतृत्व गर्दै सञ्चारमन्त्री तिमिल्सिना दोहामा

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को महासम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना कतारको राजधानी दोहा पुगेका छन्।

#आईटीयू #सञ्चारमन्त्री
Compare →
Ekantipur
4d ago
नेसन कपमा सहभागिता जनाउन नेपाली बुद्धिचाल टोली युएई प्रस्थान

नेसन कपमा सहभागिता जनाउन नेपाली बुद्धिचाल टोली युएई प्रस्थान

रुपेश जैसवालको नेतृत्वमा पाँच सदस्यीय टोलीले अबुधाबीमा २१ देश सहभागी नौ चरणको स्विस लिग प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।

#सहभागिता
Compare →

Related Stories

National (Nepal)
Build #2611