काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार संघ (आइटियु)को महासम्मेलन (आइटियु पिपी–२६)मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन् ।
कतारको दोहामा जारी सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटमा उनले उदीयमान प्रविधिको प्रयोगमार्फत विकासशील राष्ट्रमा देखिएको ‘डिजिटल डिभाइड’लाई कम गर्ने र प्रविधिको पहुँच बढाउने विषयमा नेपालले आफ्नो धारणा प्रस्तुत गरेको जानकारी दिए ।
Read full story at source ( kendrabindu.com )