Trending
Prev Story
Next Story

२०० करोडको ठगी प्रकरणमा नोरा अदालत पुगिन्, सुकेशसँगको सम्बन्धबारे के भनिन् ?

Nagarik News •
November 07, 2026 • 07:22 AM
1
1 reads 0 reactions

नोराका अनुसार कार्यक्रमको तयारी भइरहेका बेला लीना परिवारका सदस्य, भिडियोग्राफर र अन्य व्यक्तिसहित उनको कोठामा पुगेकी थिइन्।

२०० करोडको ठगी प्रकरणमा नोरा अदालत पुगिन्, सुकेशसँगको सम्बन्धबारे के भनिन् ?

बलिउड अभिनेत्री नोरा फतेही २०० करोड भारतीय रुपैयाँको कथित ठगी तथा जबरजस्ती रकम असुली प्रकरणमा बयान दिन शुक्रबार दिल्लीको राउज एभिन्यू अदालत पुगेकी छन्।

उनी यस मुद्दामा अभियुक्त नभई अभियोजन पक्षकी साक्षी हुन्। दैनिक भास्कर का अनुसार अदालतमा बयान दिँदै नोराले सन् २०२० मा चेन्नईमा आयोजित एक च्यारिटी कार्यक्रममा सुकेश चन्द्रशेखरकी पत्नी लीना मारिया पलसँग भेट भएको बताइन्। उनलाई एक्सिड इन्टरटेनमेन्ट नामक एजेन्सीमार्फत कार्यक्रममा प्रमुख अतिथि र नृत्य प्रतियोगिताको निर्णायकका रूपमा बोलाइएको थियो।

नोराका अनुसार कार्यक्रमको तयारी भइरहेका बेला लीना परिवारका सदस्य, भिडियोग्राफर र अन्य व्यक्तिसहित उनको कोठामा पुगेकी थिइन्। भेटका क्रममा लीनाले आफ्ना पति सुकेश नोरासँग कुरा गर्न चाहेको बताइन्। त्यसपछि उनले सुकेशलाई फोन गरेर स्पिकरमा राखेकी थिइन्। फोनमा सुकेशले चेन्नई आएकोमा नोरालाई धन्यवाद दिएका थिए।

साथै, आफ्नो परिवार नोराको प्रशंसक रहेको र भविष्यमा सँगै विभिन्न कार्यक्रममा सहभागी हुन सकिने बताएका थिए। कुराकानीकै क्रममा लीनाले नोरालाई कार उपहार दिने प्रस्ताव राखेकी थिइन्। सुकेशले पनि उक्त उपहार स्वीकार गर्न आग्रह गरेको नोराले अदालतमा बताइन्।

नोरा क्यानडाकी नागरिक हुन् भने उनको पुर्ख्यौली सम्बन्ध मोरक्कोसँग छ। उनी कामका लागि भिसा लिएर भारत आएको र आफ्नो कार्यक्रमको बुकिङ तथा भुक्तानी व्यवस्थापन कम्पनीमार्फत हुने गरेको पनि अदालतमा बताएकी छन्।

सुकेशमाथि सरकारी उच्च अधिकारीको नाम प्रयोग गर्दै र्यानब्याक्सीका पूर्व प्रवर्द्धक शिविन्दर मोहन सिंहकी पत्नी अदिति सिंहबाट करिब २०० करोड भारतीय रुपैयाँ असुलेको आरोप छ। अनुसन्धान एजेन्सीका अनुसार सुकेशले जेलभित्रैबाट सरकारी अधिकारीको रूपमा फोन गरी शिविन्दरलाई जेलबाट छुटाउन सक्ने आश्वासन दिएका थिए। सन् २०२० देखि २०२१ को बीचमा विभिन्न किस्तामा उक्त रकम असुलिएको आरोप छ।

यस प्रकरणमा सुकेशकी पत्नी लीना मारिया पलसहित अन्य व्यक्तिमाथि पनि अनुसन्धान भएको थियो। अभिनेत्री ज्याकलिन फर्नान्डेजको नाम पनि यस प्रकरणमा जोडिएको छ। उनी प्रवर्तन निर्देशनालय (ईडी) ले दायर गरेको मुद्दामा अभियुक्त हुन्। तर नोरा भने दिल्ली प्रहरीले दायर गरेको मुद्दामा अभियोजन पक्षकी साक्षीका रूपमा रहेकी छन्।

यसअघि अदालतमा उपस्थित नभएपछि नोरालाई अदालतले असन्तुष्टि जनाएको थियो। त्यसपछि उनी शुक्रबार उपस्थित भएर आफ्नो बयान दिएकी हुन्। मुद्दाको अर्को सुनुवाइ नोभेम्बर ३० मा हुने बताइएको छ।

प्रकाशित: २१ कार्तिक २०८३ १३:०७ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
एन्भिडिया प्रकरणमा एफबिआईले अनुसन्धान गर्दै

एन्भिडिया प्रकरणमा एफबिआईले अनुसन्धान गर्दै

एन्भिडिया प्रकरणमा एफबिआईले अनुसन्धान गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार ह्वाङमाथि लागेको आरोपबारे एफबिआईले अध्ययन गरिरहेको पुष्टि गरेका छन् कार्तिक २४, २०८३ रोयटर्स एन्भिडिया प्रम...

#प्रकरण
Compare →
Onlinekhabar
6d ago
प्रस्तावित न्यायाधीशलाई प्रश्न : एउटै भुटानी शरणार्थी प्रकरणमा फरक राय किन ?

प्रस्तावित न्यायाधीशलाई प्रश्न : एउटै भुटानी शरणार्थी प्रकरणमा फरक राय किन ?

२० कात्तिक, काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेलाई भुटानी शरणार्थी प्रकरणमा एउटै मुद्दामा फरक राय आएको विषयमा प्रश्न गरेकी छन् । संसदीय सुनुवाइ समितिको बैठकमा अर्यालले एउटै मुद्दामा दुई …

#प्रकरण
Compare →
Ekantipur
6d ago
७ हजार २०० घरधुरीको न्यूनतम विद्युत् शुल्क शारदा नगरपालिकाले तिरिदिने

७ हजार २०० घरधुरीको न्यूनतम विद्युत् शुल्क शारदा नगरपालिकाले तिरिदिने

आगामी मंसिरदेखि लागू हुने योजनाबाट मासिक २० युनिटसम्म खपत गर्ने ५ एम्पियरका करिब ७ हजार २०० घरधुरी लाभान्वित हुनेछन्।

#२००
Compare →
Bizshala
1w ago
सडक नपुगेको सजाय : उत्तरी गोरखामा एक प्याकेट नुनकै २०० रुपैयाँ

सडक नपुगेको सजाय : उत्तरी गोरखामा एक प्याकेट नुनकै २०० रुपैयाँ

काठमाडौं । सडक सञ्जालको पहुँच नहुँदा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका विकट बस्तीमा नुनको मूल्य प्रतिप्याकेट २००...

#२००
Compare →
Arthasansar
3d ago
आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरले सन् २०१८ को चर्चित ‘स्यान्डपेपर प्रकरण’मा टोलीका सबै सदस्यलाई बल टेम्परिङबारे जानकारी रहेको दाबी गरेका...

#प्रकरण
Compare →

Related Stories

National (Nepal)
Build #2611