Trending
Prev Story
Next Story

केश्‍म टापुमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

Ekantipur •
November 07, 2026 • 08:01 AM
1
1 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी नयाँ आक्रमण गरेको बताएका थिए

केश्‍म टापुमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी नयाँ आक्रमण गरेको बताएका थिए

तेहरान — इरानले ‘स्ट्रेट अफ हर्मुज’मा अवस्थित केश्म टापुमाथि दुईवटा अमेरिकी एमक्यू–९ ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार इरानको हवाई प्रतिरक्षा बलले शनिबार सो दाबी गरेको हो।

इरानी सरकारी समाचार संस्था इर्नाका अनुसार, स्थानीय प्रत्यक्षदर्शीले केश्म टापुको सुजा क्षेत्रमा दुईवटा वस्तु खसेको बताएका थिए।

यसैबीच, अल जजिराले अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का एक अधिकारीलाई उद्धृत गर्दै शनिबार सामाजिक सञ्जाल एक्समा उक्त कमान्डले केश्म टापुसम्बन्धी समाचारबारे जानकारी पाएको जनाएको छ।

ती अधिकारीले त्यहाँको अवस्था तुलनात्मक रूपमा शान्त रहेको बताउँदै यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गरेको अल जजिराले जनाएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी नयाँ आक्रमण गरेको बताएका थिए। उनले उक्त सैन्य कारबाहीलाई ‘सामान्य’ प्रकृतिको भन्दै त्यस क्रममा इरानको एउटा सानो हवाई प्रतिरक्षा उपकरण नष्ट गरिएको दाबी गरेका थिए।

फ्लोरिडाको वेस्ट पाम बिचमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले उक्त उपकरण करिब १५ मिनेट, सम्भवतः पाँच मिनेटमै नष्ट गरिएको बताएका थिए।

यसैबीच, अमेरिकी सेन्ट्रल कमान्डले शुक्रबार राति सामाजिक सञ्जाल एक्समार्फत इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई दुई करोड अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ।

आणविक कार्यक्रमसँग सम्बन्धित संरचना, उपकरण, वैज्ञानिक तथा अन्य कर्मचारी र तिनका गतिविधिबारे जानकारी दिनेलाई पुरस्कारका साथै अन्यत्र स्थानान्तरणको अवसरसमेत उपलब्ध गराइने कमान्डले जनाएको छ।

इरानले भने युरेनियम संवर्धन आफ्नो आणविक उद्योगको अभिन्न अङ्ग भएको बताउँदै आएको छ। आफ्नो आणविक कार्यक्रम अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सुरक्षा सम्झौता तथा आणविक हतियार अप्रसार सन्धिको पूर्ण पालना गर्दै अघि बढिरहेको इरानको दाबी छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
7h ago
स्ट्रेट अफ होर्मुजमा अमेरिकी एमक्यू-१ प्रिडेटर ड्रोन खसालेको इरानको दाबी

स्ट्रेट अफ होर्मुजमा अमेरिकी एमक्यू-१ प्रिडेटर ड्रोन खसालेको इरानको दाबी

काठमाडौं– इरानको नौसेनाले स्ट्रेट अफ होर्मुजमाथि उडिरहेको अमेरिकाको एमक्यू–१ प्रिडेटर ड्रोन खसालेको दाबी गरेको छ । इरानी सञ्चारमाध्यमहरूले जनाएअनुसार उक्त ड्रोनलाई इरानी सेनाले खसालेको हो । अर्धसर...

#इरान #अमेरिकी #ड्रोन
Compare →
Nagarik News
5h ago
बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणाली ध्वस्त पारेको दाबी गरेको छ।

#अमेरिकी #इरान
Compare →
Arthasansar
13h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#अमेरिकी #इरान
Compare →
Onlinekhabar
1d ago
होर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान

होर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान

२६ कात्तिक, तेहरान (रासस\एएनआई)। इरानले अमेरिका र इजरायलसँगको युद्धपछि होर्मुज जलघाँटीको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने बताएको छ । इरानी संसद्का अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले उक्त जलमार्गको निगरानी र व्यवस्थापनबारे इरान र ओमानबीच …

#इरान #बताए
Compare →
Bizshala
16h ago
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको भाउ बढेको छ। आज...

#अमेरिकी
Compare →

Related Stories

World News
Build #2611