Trending
Prev Story
Next Story

युक्रेनको राजधानी किभमा रुसको आक्रमण

Ekantipur •
November 07, 2026 • 08:01 AM
1
1 reads 0 reactions

आक्रमणअघिको रात राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियो सम्बोधन गर्दै रुसले ऊर्जा क्षेत्रका संरचनाहरू, पुलहरू र अन्य पूर्वाधारहरूमाथि नयाँ आक्रमणहरूको तयारी गरिरहेको चेतावनी दिएका थिए

युक्रेनको राजधानी किभमा रुसको आक्रमण

आक्रमणअघिको रात राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियो सम्बोधन गर्दै रुसले ऊर्जा क्षेत्रका संरचनाहरू, पुलहरू र अन्य पूर्वाधारहरूमाथि नयाँ आक्रमणहरूको तयारी गरिरहेको चेतावनी दिएका थिए

किभ — रुसी सेनाले शनिबार बिहान युक्रेनको राजधानी किभमा क्षेप्यास्त्र  आक्रमण गरेको छ।  किभका मेयर भिताली क्लित्स्कोले आक्रमणका क्रममा खसेको क्षेप्यास्त्रको अवशेषले एक आवासीय भवनमा क्षति पुर्‍याएको जानकारी दिएका छन्।

मेयर क्लित्स्कोले टेलिग्राममा लेखेका छन्, 'किभका उपनगरहरूमा ठूला विस्फोट भएका छन्। शत्रु पक्षले ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत पूर्वाधारलाई लक्षित गरिरहेको छ।' उनका अनुसार राजधानीको पश्चिमी जिल्लामा रहेको पाँच तले अपार्टमेन्ट भवनमा क्षेप्यास्त्रको अवशेष खसेको थियो भने अर्को एक आवासीय भवनको बाहिरी भाग (फासाड) मा पनि क्षति पुगेको छ।

त्यस्तै, सहरको सैन्य प्रशासनले पनि टेलिग्राममार्फत आक्रमणमा परी दुईजना घाइते भएको र बालबालिकाको हुर्काइ केन्द्र (किन्डरगार्टेन) को भवनमा समेत क्षति पुगेको जनाएको छ। आक्रमण भएको केही घण्टासम्म पनि अधिकारीहरूले सम्भावित थप आक्रमणहरूप्रति सतर्क रहन स्थानीय बासिन्दाहरूलाई चेतावनी दिइरहेका थिए।

यसअघि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो रातको भिडियो सम्बोधनमा रुसले ऊर्जा क्षेत्रका संरचनाहरू, पुलहरू र अन्य पूर्वाधारहरूमाथि नयाँ आक्रमणहरूको तयारी गरिरहेको चेतावनी दिएका थिए।

यो आक्रमण साढे चार वर्षदेखि जारी युद्धको समाधान खोज्न अमेरिकाको नेतृत्वमा युक्रेनी र रुसी वार्ताकारहरूबीच आबुधाबीमा वार्ता सुरु हुनुभन्दा तीन दिनअघि भएको हो। यसअघिको यस्तै किसिमको वार्ता गत फेब्रुअरीमा भएको थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
7h ago
युक्रेनलाई ड्रोन आपूर्ति गर्ने आफ्नो कम्पनीमाथि रुसले साइबर आक्रमण गरेको जर्मनीको आरोप

युक्रेनलाई ड्रोन आपूर्ति गर्ने आफ्नो कम्पनीमाथि रुसले साइबर आक्रमण गरेको जर्मनीको आरोप

काठमाडौं– जर्मन रक्षा सामग्री उत्पादक कम्पनी क्वान्टम सिस्टम्सले गत महिना साइबर आक्रमणको सामना गर्नुपरेको जनाएको छ । उक्त आक्रमणपछि जर्मन सेनाले सावधानीस्वरूप कम्पनीद्वारा निर्मित आफ्ना ड्रोन केही ...

#रुस #आक्रमण #युक्रेन
Compare →
Nagarik News
3d ago
रुस, युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा

रुस, युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टी, ऊर्जा क्षेत्रमा युद्धविराम, बन्दी आदानप्रदान, तीनै देशका शीर्ष नेताबीच बैठकको तयारीलाई प्रमुख एजेन्डा बनाएका छन् ।

#रुस #युक्रेन
Compare →
Arthasansar
4d ago
शान्तिवार्ताको तयारीबिच युक्रेनमाथि रुसी आक्रमण झन् तीव्र बन्यो, जाडोमा मानवीय संकटको जोखिम

शान्तिवार्ताको तयारीबिच युक्रेनमाथि रुसी आक्रमण झन् तीव्र बन्यो, जाडोमा मानवीय संकटको जोखिम

आगामी साता अमेरिकाको मध्यस्थतामा रुस र युक्रेनबिच नयाँ चरणको शान्तिवार्ताको तयारी भइरहेका बेला रुसी आक्रमण झन् तीव्र बनेको छ ।...

#आक्रमण #युक्रेन
Compare →
Bizshala
12h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#रुस #युक्रेन
Compare →
Onlinekhabar
3d ago
रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

रुसले युक्रेनमाथि आक्रमण गरेको पाँच वर्ष पुग्नलाग्दा युद्ध अन्त्य गर्न रुस, युक्रेन र अमेरिकी अधिकारीबीच यूएईको राजधानी अबुधाबीमा उच्चस्तरीय त्रिपक्षीय वार्ता आयोजना हुँदैछ । यसैवर्षको फेब्रुअरीपछि यी तीन देशबीच हुन लागेको यो पहिलो प्रत्यक्ष कूटनीतिक वार्ता …

#रुस #युक्रेन
Compare →

Related Stories

World News
Build #2611