Trending
Prev Story
Next Story

कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल नेतृत्वको प्रतिनिधिमण्डल तुर्किए प्रस्थान

Ekantipur •
November 07, 2026 • 08:01 AM
1
1 reads 0 reactions

खनालले सम्मेलनमा नेपालको जलवायु सरोकार प्रस्तुत गर्दै हिमाल, हिमनदी, क्रायोस्फियर र दिगो वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्।

कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल नेतृत्वको प्रतिनिधिमण्डल तुर्किए प्रस्थान

खनालले सम्मेलनमा नेपालको जलवायु सरोकार प्रस्तुत गर्दै हिमाल, हिमनदी, क्रायोस्फियर र दिगो वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्।

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार तुर्किए प्रस्थान गरेका छन् ।

तुर्किएको आन्ताल्यामा आगामी नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, उनले नोभेम्बर ११ र १२ मा आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा समेत सहभागिता जनाउने छन् ।

सम्मेलनका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डाः ग्लेसियर, क्रायोस्फियर एन्ड रिसिलियन्स अन्डर ओभरसुट, सियर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउने छन् ।

यसका अतिरिक्त परराष्ट्रमन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टहरूमा सहभागी हुनुका साथै समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिनिधिमण्डलमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सञ्जय आचार्य, कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रसहित ९ जना अधिकारीहरू रहेका छन् ।

टोली आगामी नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3h ago
कोप–३१ मा सहभागी भएर परराष्ट्रमन्त्री खनाल स्वदेश प्रस्थान

कोप–३१ मा सहभागी भएर परराष्ट्रमन्त्री खनाल स्वदेश प्रस्थान

२७ कात्तिक, टर्किए । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औं सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी टर्किएको अन्ताल्याबाट स्वदेश फर्किएका छन् । नोभेम्बर ९ देखि २० सम्म टर्कीमा आयोजना भइरहेको कोप–३१ का विभिन्न …

#जलवायु #खनाल #परराष्ट्रमन्त्री
Compare →
Hamro Patro News
2h ago
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमानबिच कोप–३१ को साइडलाइनमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमानबिच कोप–३१ को साइडलाइनमा भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको अन्ताल्यामा जारी जलवायुपरिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप ३१) का अवसरमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानसँग साइडलाइनमा भेटवार्ता गर्नुभएक...

#जलवायु #खनाल #परराष्ट्रमन्त्री
Compare →
Nagarik News
3h ago
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमान बीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमान बीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का अवसरमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानसँग साइडलाइनमा भेटवार्ता गरेका छन् ।

#जलवायु #खनाल #परराष्ट्रमन्त्री
Compare →
Bizshala
8h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #सम्मेलन #कोप
Compare →

Related Stories

Politics & Governance
Build #2611