Trending
Prev Story
Next Story

इरानी सेना थप बलियो र अनुभवी बनेको छ : सैन्य प्रवक्ता

Ekantipur •
November 07, 2026 • 08:01 AM
1
1 reads 0 reactions

फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि भड्किएको युद्ध महिनौँदेखि गतिरोधको अवस्थामा छ

इरानी सेना थप बलियो र अनुभवी बनेको छ : सैन्य प्रवक्ता

फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि भड्किएको युद्ध महिनौँदेखि गतिरोधको अवस्थामा छ

काठमाडौँ — युद्ध सुरु हुँदाको तुलनामा इरानी सेना अहिले ‘अझ बलियो’ भएको दाबी इरानका सैन्य प्रवक्ताले गरेका छन्। अमेरिका र इजरायलसँगको द्वन्द्वका क्रममा इरानी सेना पहिलेभन्दा बढी शक्तिशाली र प्रेरित भएको दाबी सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियाले  गरेका हुन् ।

युद्धबाट हासिल गरेको अनुभवले इरानी सशस्त्र बल अहिले पहिलेभन्दा बढी सतर्क र शक्तिशाली बनेको उनले बताए । उनले भने, 'इस्लामिक गणतन्त्रका सशस्त्र बल अहिले युद्ध सुरु हुँदाको अवस्थाभन्दा अझ बलिया भएका छन्। उनीहरूमा उच्च प्रेरणा, प्रतिबद्धता र आत्मविश्वास छ।'

फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि भड्किएको युद्ध महिनौँदेखि गतिरोधको अवस्थामा छ।

तेहरानले विश्वको कुल तेल खपतको करिब पाँच भागको एक भाग ढुवानी हुने ‘स्ट्रेट अफ होर्मुज’बाट हुने आवागमन सीमित पार्ने प्रयास गर्दै आएको छ।

अक्रामिनियाका अनुसार, उक्त रणनीतिक जलमार्गमा इरानी सशस्त्र बलको नियन्त्रण कायम छ। अमेरिकाले तेहरानका माग स्वीकार नगरेसम्म जलमार्ग बन्द रहने उनले बताए।

उनले सर्वोच्च नेताको आदेशअनुसार इरानी सशस्त्र बलको जवाफ तत्काल र प्रभावकारी हुने तथा त्यसको कुनै भौगोलिक सीमा नहुने पनि बताए।

यसै साता अमेरिकी सञ्चारमाध्यमहरूले होर्मुजमा अवस्थित इरानको केश्म टापुमा आक्रमण भएको खबर सार्वजनिक गरेका थिए। त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ आक्रमण भएको पुष्टि गरेका थिए।

शनिबार स्थानीय समाचार संस्था तस्निमले केश्म टापुमा दुईवटा क्षेप्यास्त्र प्रहार भएको जनायो। तर, त्यसबाट भएको क्षतिबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। इरानी सरकारी टेलिभिजनले पनि उक्त टापुमा दुईवटा विस्फोट भएको जनाएको छ।

यसैबीच, इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, इरानी सेनाले शनिबार बिहान आफ्नो हवाई प्रतिरक्षा प्रणालीले टापुमाथि उडिरहेको अमेरिकी ड्रोनलाई प्रहार गरी नष्ट गर्‍यो। यद्यपि, टापुमा भएको भनिएको आक्रमण र ड्रोन खसालिएको घटनाबीचको सम्बन्धबारे भने केही खुलाइएको छैन।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
अमेरिकाले शक्तिशाली बमको धम्की दिएर कूटनीति गरिरहेको छ : इरानी राष्ट्रपति

अमेरिकाले शक्तिशाली बमको धम्की दिएर कूटनीति गरिरहेको छ : इरानी राष्ट्रपति

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले नयाँ सैन्य क्षमताको धम्की दिएर कूटनीति अघि बढाउन खोजेको आरोप लगाएका छन् । उनले अमेरिकाले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न युद्ध गरेको दाबी गरेपनि युद्धको पहिलो दिन नै इरानको लामेर्दस्थित …

#युद्ध #अमेरिका #इरानी
Compare →
Hamro Patro News
2d ago
‘इरानी धम्की’पछि अमेरिकी अर्थमन्त्री बेसन्ट सैन्य अड्डामा सरे

‘इरानी धम्की’पछि अमेरिकी अर्थमन्त्री बेसन्ट सैन्य अड्डामा सरे

काठमाडौं । अमेरिकी अर्थमन्त्री स्कट बेसन्ट आफ्नो ज्यानमाथि ‘इरानी धम्की’ बढेपछि वासिङ्टन डीसीस्थित घर छाडेर अमेरिकाकै एक अज्ञात सैन्य अड्डामा सरेका छन् । द न्युयोर्क टाइम्स र समाचार संस्था रोयटर्स...

#इरानी #सैन्य
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#युद्ध #अमेरिका
Compare →
Arthasansar
2d ago
मध्यपूर्व युद्धको असर म्यानमारमा : तेल खानी कब्जा गर्न विद्रोही र सेनाबीच संघर्ष

मध्यपूर्व युद्धको असर म्यानमारमा : तेल खानी कब्जा गर्न विद्रोही र सेनाबीच संघर्ष

मध्यपूर्वमा चर्किएको युद्ध र विश्वव्यापी ऊर्जा संकटको प्रभाव म्यानमारको गृहयुद्धमा समेत देखिन थालेको छ । इरानमाथि अमेरिका र इजरायलको युद्धका...

#युद्ध #सेना
Compare →

Related Stories

World News
Build #2611