Trending
Prev Story
Next Story

इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

Nagarik News •
November 12, 2026 • 11:42 AM
1
1 reads 0 reactions

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक वार्ता तत्काल पुनः सुरु गर्नुपर्ने बताएका छन्।

इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक वार्ता तत्काल पुनः सुरु गर्नुपर्ने बताएका छन्।

आफ्ना इरानी समकक्षी मसुद पेजेस्कियानसँगको वार्तापछि एर्दोगानले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

टर्कीको अन्ताल्या प्रान्तमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनका क्रममा एर्दोगानले पेजेस्कियानसँग भेट गरेको उनको कार्यालयले जनाएको छ।

वार्ताका क्रममा एर्दोगानले तत्काल वार्ताको टेबलमा फर्किनुपर्नेमा जोड दिँदै टर्कीले शान्ति स्थापनाका प्रयासलाई निरन्तर समर्थन गर्ने बताए।

सहमतिको साझा आधारलाई मजबुत बनाउनुपर्छ र कूटनीतिलाई मौका दिनुपर्छ,’ उनले भने। उनले अमेरिकासँगको द्वन्द्व सकेसम्म चाँडो अन्त्य हुने विश्वास पनि व्यक्त गरे।

मध्यपूर्वको यो युद्ध फेब्रुअरी २८ मा अमेरिकी–इजरायली आक्रमणबाट सुरु भएको थियो। उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीसहित कैयौँ नेता मारिएका थिए।

अमेरिकी आक्रमणको बदला लिने भन्दै इरानले क्षेत्रका विभिन्न देशमा मिसाइल र ड्रोन प्रहार गरेको थियो। त्यसैगरी, लेबनान, यमन र इराकमा रहेका इरान समर्थित समूहहरू पनि द्वन्द्वमा सामेल भएका थिए।

बुधबार संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्दै इरानी राष्ट्रपति पेजेस्कियानले अमेरिका र इजरायलले इस्लामिक गणतन्त्रमाथि गरेको आक्रमणबाट गम्भीर वातावरणीय क्षति पुगेको आरोप लगाए।

‘अमेरिका र यहुदी शासनद्वारा इरानमाथि हालै भएको आपराधिक र अवैध आक्रमणले वातावरणमा गम्भीर क्षति पुर्‍याएको छ, जसले वायुमण्डलमा प्रदूषक र हरितगृह ग्यासको ठूलो मात्रा निष्कासन गरेको छ,’ उनले भने।

युद्ध अन्त्यका लागि कतार र पाकिस्तानको नेतृत्वमा भइरहेका कूटनीतिक छलफलले वार्ताको प्रयासलाई बल पुर्‍याएका छन्। टर्कीलगायतका केही मुलुकले पनि कूटनीतिक पहललाई थप गति दिने प्रयास गरिरहेका छन्।

तेहरानले रोकिएका सम्पत्ति फुकुवा गर्ने र प्रतिबन्ध हटाउनेलगायतका माग अमेरिकाले स्वीकार गर्नुपर्ने बताएको छ। त्यसको बदलामा द्वन्द्व सुरु भएदेखि नै अवरुद्ध पारेको महत्त्वपूर्ण ऊर्जा मार्ग हर्मुज जलमार्ग पुनः खोल्न इरान तयार रहेको जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०८३ १७:२७ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक वार्ता ‘अबिलम्ब’ पुनः सुरु हुनुपने बताएका छन्।

#टर्की #इरान #अमेरिका
Compare →
Onlinekhabar
2d ago
अमेरिकाले शक्तिशाली बमको धम्की दिएर कूटनीति गरिरहेको छ : इरानी राष्ट्रपति

अमेरिकाले शक्तिशाली बमको धम्की दिएर कूटनीति गरिरहेको छ : इरानी राष्ट्रपति

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले नयाँ सैन्य क्षमताको धम्की दिएर कूटनीति अघि बढाउन खोजेको आरोप लगाएका छन् । उनले अमेरिकाले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न युद्ध गरेको दाबी गरेपनि युद्धको पहिलो दिन नै इरानको लामेर्दस्थित …

#इरान #अमेरिका
Compare →
Arthasansar
1d ago
इरानी सभामुखको चेतावनी : होर्मुज कहिल्यै पहिलेको अवस्थामा नफर्कन सक्छ

इरानी सभामुखको चेतावनी : होर्मुज कहिल्यै पहिलेको अवस्थामा नफर्कन सक्छ

इरानका सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागर गालिबफले अमेरिका र इजरायलसँगको युद्धअघिको अवस्थामा स्ट्रेट अफ होर्मुज ‘कहिल्यै नफर्कने’ बताएका छन्। अल...

#इरान #फर्कन
Compare →
Ekantipur
1d ago
हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

इरानका सर्तहरूमा अमेरिकी जलसेनाको नाकाबन्दी तथा प्रतिबन्धहरू फुकुवा, रोक्का राखिएको इरानी सम्पत्ति फिर्ता, सबै मोर्चामा युद्धविराम र युद्ध अन्त्यको स्पष्ट घोषणा समावेश छन्

#इरान #फर्कन
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#अमेरिका #इरान
Compare →

Related Stories

World News
Build #2611